किन खुल्यो श्रम सम्झौता हुनुअघि कतारी भिसा सेन्टर ? | Khabarhub Khabarhub

किन खुल्यो श्रम सम्झौता हुनुअघि कतारी भिसा सेन्टर ?


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र कतार सरकारबीच पुनःश्रम नवीकरणमा सम्झौता गर्ने विषय हाल छलफल र ड्राफट अदानप्रदानको क्रममा छ ।

कतारको कानून तथा रोजगार मन्त्रालय र नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रविधिक कमिटीका टोलोबीच श्रम सम्झौताका आवश्यक विषयमा दुई चरणमा छलफल भइसकेको छ । प्रविधिक कमिटीको छलफल र ड्राफट अदानप्रदान गर्दा भिसा सेन्टरका विषयमा छलफल भएपनि श्रम सम्झौतामा हस्ताक्षर गरेपछि मात्र भिसा सेन्टर नेपालमा खोल्न एक किसिमको सहमति भएको श्रम मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

कतारी भिसा सेन्टर बुधबार (जेठ १५) गतेदेखि सञ्चालनमा आएको छ । सेन्टरको बुधबार एक औपचारिक कार्यक्रमकाबीच नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हैलले औपचारिक उद्घाटना गरेका छन् । भिसा सेन्टरको उदघाटन कार्यक्रममा नेपाल सरकारको कुनै पनि निकाय र मन्त्रालयका प्रतिनिधि उपस्थित भएनन् । कुटनीतिक नियोगको यति महत्त्वपूर्ण कार्यक्रममा नेपाल सरकारको प्रतिनिधि उपस्थित नहुनु गम्भीर विषय हो ।

बायोमेट्रिक भिसा शुल्क १ सय ३७ अमेरिकी डलर कामदारले तिर्नु नपर्ने कतार भिसा सेन्टरको वेबसाइटमै प्रष्ट उल्लेख गरिएको छ । सेन्टरले ‘लाउन्ज’ शुल्क ३ हजार ८ सय ६५ रुपैयाँ सेन्टर सञ्चालन गर्दा लाग्ने सेवा शुल्क सेवा प्रदायक कम्पनी (म्यानपावर र रोजगारदाता कम्पनी) बाट लिने उल्लेख गरिएको छ

कतारी भिसा सेन्टर खोल्नुअघि भिसा सेन्टरमार्फत रोजगारीका लागि कतार जाने कामदारले एक रुपैयाँ पनि पैसा तिर्नु नपर्ने गरि सञ्चालन गर्ने अनुमति लिएको परराष्ट्र मन्त्रायले जानकारी दियो । तर, सेन्टर सञ्चालनमा आएपछि कतार रोजगारीमा जाने कामदारले स्वास्थ्य तथा अन्य शीर्षकमा प्रतिकामदार १८ हजारसम्म नेपाली रुपैयाँ तिर्नुपर्ने प्रष्ट भएको छ । भिसा सेन्टरले आफनो वेभसाइटमा प्रष्ट शीर्षक नै खुलाएर शुल्क तोकेको छ ।

भिसा सेन्टर खोल्दा यति धेरै पैसा लाग्ने विषय पत्रमा नखुलाइएको कारणले परराष्ट्र मन्त्रालयले भिसा सेन्टर सञ्चालन गर्ने अनुमति दिएको मन्त्रालयका वैदेशिक रोजगार एसिया पश्चिम हेर्ने एक कमचारीले जानकारी दिए ।

कतारसँग श्रमिक आपूर्ति गर्ने विषयमा सरकारीस्तरमा २००५ मा श्रम सम्झौता भएको थियो । सोही श्रम सम्झौतालाई पुनः नवीकरण गर्ने विषय अन्तिम चरणमा पुगेको श्रम मन्त्रालयले जनाएको छ ।

‘श्रम नवीकरण गर्दा भिसा सेन्टरको विषयमा छलफल भएको थियो । नेपाली टोली भिसा सेन्टरमार्फत जाने कामदारलाई आर्थिक भार नपर्ने प्रष्ट भएपछि मात्र सञ्चालन गर्ने दिने अडान राखेको थियो’ श्रम मन्त्रालयका एक कर्मचारीले भने , ‘एक हप्ताअघि भिसा सेन्टर सञ्चालन गर्ने अनुमति परराष्ट्र मन्त्रालयले दिएको पत्र नेपालस्थीत कतार दूतावासबाट आएपछि मात्र खुल्न लागेको विषयमा श्रम मन्त्रालयलाई जानकारी भएको थियो ।’

मलेसिया जाने कामदारलाई जस्तै आर्थिक भार थप्ने अर्को सिण्डिकेट लगाउने भिसा सेन्टर खालिएको भन्दै व्यवसायीले विरोध गरिरहेका छन्

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयले कतार भिसा सेन्टर सञ्चालनमा अवरोध नगर्न श्रम मन्त्रालयलाई भनेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कुटनीतिक विषय भएकाले श्रम मन्त्रालयले यो विषयमा आधिकारिक निर्णय गर्ने नमिल्ने भन्दै यसको जिम्मा परराष्ट्र मन्त्रालयलाई दिएका थिए ।

भिसा सेन्टर बन्द गर्न व्यवसायीको माग 

कतारले बुधबारदेखि सञ्चालनमा ल्याएको कतारी भिसा सेन्टरको वैदेशिक रोजगार व्यवसायीले नै विरोध गरिरहेका छन् । मलेसिया जाने कामदारलाई जस्तै आर्थिक भार थप्ने अर्को सिण्डिकेट लगाउने भिसा सेन्टर खालिएको भन्दै व्यवसायीले विरोध गरिरहेका छन् ।

संघका महासचिव नरेश गेलालले यस्तो सिन्डिकेट हुने गरी भिसा सेन्टर खोल्न सरकारले नै अनुमति दिएको भन्दै राजीनामा घोषणा गरेका छन् । यस्तै, व्यवसायीले भिसा सेन्टर खोल्न ठूलो आर्थिक चलखेल भएको आरोप पनि लगाइरहेका छन् ।

संघले विहिबार प्रेस विज्ञप्ती जारी गर्दै तत्काल कतारी भिसा सेन्टरबाट काम नगराउन सरकारसँग माग गरेका छन् । भिसा सेन्टरले दिने सेवा शुल्कका विषयमा प्रष्ट नभइ सरकारले नै सेन्टर खोल्न दिएको प्रति व्यवसायीको आपत्ति रहेको संघका कार्यवाहक अध्यक्ष रामप्रसाद भान्तानाले बताए । भिसा सेन्टरबाट तत्काल काम नगर्न र बन्द गर्ने व्यवसायीले माग गरेको उनको भनाइ छ ।

प्रतिकामदार १८ हजार आर्थिक भार

कतार सरकारले रोजगारीका लागि धेरै संख्यामा नेपाल, भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानबाट कामदार लिँदै आएको छ । यी देशबाट करीब वार्षिक ७ देखि १० लाख श्रमिक रोजगारीका लागि कतार जाने गरेका छन् ।

पछिल्लो समय कतार सरकारको एउटा स्थानीय कम्पनी र सिंगापुरको एउटा नीजि कम्पनीले नेपाल, भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानमा भिसा सेन्टर खोलेर एकद्धार प्रणालीमार्फत कामदार लिने प्रस्ताव कतार सरकारसँग गरेका थिए ।

सोही प्रस्तावअनुसार भिसा सेन्टर खोलेर काम सुरु गरेका छन् । कतार सरकारले भने भिसा सेन्टरका बारेमा आधिकारिक निर्णय गरेको छैन । तर, संस्था चलाउन उद्योग जस्तै अनुमति दिएको छ ।

सेन्टरबाट औंठा छाप, बायोमेट्रिक, स्वास्थ्य परीक्षण, रोजगार करारपत्र प्रमाणीकरण र भिसा प्रक्रियाको काम हुने दूतावासले जनाएको छ । यी सवै प्रक्रियाका लागि निःशुल्क भनिएपनि सेन्टरमार्फत कतार जाने नेपाली श्रमिकले केही शुल्क तिर्नुपर्ने भएको छ ।

बायोमेट्रिक भिसा शुल्क १ सय ३७ अमेरिकी डलर कामदारले तिर्नु नपर्ने कतार भिसा सेन्टरको वेबसाइटमै प्रष्ट उल्लेख गरिएको छ । सेन्टरले ‘लाउन्ज’ शुल्क ३ हजार ८ सय ६५ रुपैयाँ सेन्टर सञ्चालन गर्दा लाग्ने सेवा शुल्क सेवा प्रदायक कम्पनी (म्यानपावर र रोजगारदाता कम्पनी) बाट लिने उल्लेख गरिएको छ । तर, भिसा सेन्टर खोल्नका लागि अनुमति लिँदा एक रुपैयाँ कामदारलाई आर्थिक भार नलाग्ने भन्दै परराष्ट्रय मन्त्रालयलाई पत्राचार नेपालस्थीत कतारी दूतावासले गरेको मन्त्रालयका स्रोत जनाएको छ ।

भिसा सेन्टर सञ्चालनमा आएपछि चौतर्फी विरोध भएपछि मात्र शुल्कका विषयमा जानकारी पाएको परराष्ट्र मन्त्रालयका एक उच्च तहका कर्मचारीले बताए ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ६ : ०२ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन