टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ « Khabarhub

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन समिति बनाउन सहमति जुटेको छ ।

तर कस्तो किसिमको समिति बनाउने, व्यक्तिको नाम किटान गर्ने कि समग्र सहकारीमा केन्द्रीत हुने भन्ने बारेमा बिहान ११ बजे सम्म निर्णय हुने बताइएको छ ।

छानबिन समितिको कार्यादेश (टिओआर) निमार्णका लागि सत्ता पक्ष र प्रतिपक्षी दल कांग्रेसले चार सदस्य कार्यदल गठन गरेको छ । सो कार्यदलको संयोजक रहेका कानूनमन्त्री पदम गिरीले खबरहबलाई भने, ‘कार्यदलले न्यायोचित सुझाव दिन्छ । किनकि कार्यदलमा कानूनबारे जनकार साथीहरू हुनुहुन्छ ।’

उनले कार्यदलले कुनै पनि कुरामा वायस भएर अथवा विवाद हुने तरिकाले निर्णय नगर्ने समेत बताए । उनले भने, ‘भोली १०ः३० अथवा ११ बजेसम्ममा कस्तो किसिमको समिति बनाउने साथीहरूसँग छलफल गरेर सुझाप दिन्छौँ ।’

टीओआरका संयोजक मन्त्री गिरीले भने, ‘कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ’

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  १० : ०८ बजे

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स