विश्वकप क्रिकेट : इंग्ल्याण्डद्वारा दक्षिण अफ्रिकासामू ३ सय १२ रनको लक्ष्य प्रस्तुत « Khabarhub

विश्वकप क्रिकेट : इंग्ल्याण्डद्वारा दक्षिण अफ्रिकासामू ३ सय १२ रनको लक्ष्य प्रस्तुत


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गतको उद्घाटन खेलमा आयोजक टोली इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई ३ सय १२ रनको लक्ष्य प्रस्तुत गरेको छ । लण्डनस्थित दी ओभलमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित पूरा ओभर खेल्दै ८ विकेट गुमाएर ३ सय ११ रन बनाएको हो ।

आयोजक टोली इङ्ग्ल्याण्डका ४ जना खेलाडीले विश्वकप क्रिकेटको उद्घाटन खेलमा अर्धशतक पूरा गरेका छन् । घरेलु दर्शकको साथ पाएको इंग्ल्याण्डका लागि वेन स्टोक्सले उत्कृष्ट ब्याटिङ गर्दै ८९ रन बनाए ।  उनले ७९ बलमा ९ चौका प्रहार गरे । पहिलो ओभरको दोस्रो बलमै विकेट गुमाएको इंग्ल्याण्डका लागि ओपनिङ ब्याट्सम्यान जसन रोय र तेस्रो नम्बरमा मैदान प्रवेश गरेका जोइ रुटले उत्कृष्ट ब्याटिङ साझेदारी पारी खेले ।

कप्तान इयोन मोर्गनले अर्धशतकसहित ५७ रन बनाए । जसन रोयले ५४ रन बनाउँदा जोइ रुटले ५१ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरेका थिए । चेरीस वेक्सले १३ रन बनाए ।

घरेलु टोलीविरुद्ध टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाका लागि लुन्गी नेगीडीले उत्कृष्ट बलिङ गरे । उनले इंग्ल्याण्डविरुद्ध तीन विकेट लिए । यस्तै, भेट्रान बलर इमरात ताहिर र युवा खेलाडी कागिसो रबाडाले राम्रो बलिङ गरे ।

जसमा ताहिर र रबाडाले समान २–२ विकेट लिएका थिए । यस्तै, अफ्रिकाका लागि युवा खेलाडी कागिसो रबाडा र अन्दील फेह्लुक्वायोले समान १–१ विकेट लिएका थिए ३ सय १२ रनको लक्ष्य पाएको दक्षिण अफ्रिका केही बेरमा मैदान उत्रिँदैछ ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ७ : ०८ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको