पानी नपर्दा किसान निरास, सुक्न थाले ब्याड « Khabarhub

पानी नपर्दा किसान निरास, सुक्न थाले ब्याड


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-मध्यअसार भइसक्दा पनि रुपन्देहीका किसानले रोपाइँ गर्न पाएका छैनन्। मनसुन सक्रिय नहुँदा ब्याडमा समेत धाँजा फाटेको छ। कतै बीउ छरिएको छैन, बीउ उम्रिएको खेत चिरा-चिरा परेको छ। झमझम वर्षा हुने समयमा चर्को घाम र तापक्रम ३८/४० डिग्री छ। सिँचाइ गर्ने सानो टयुबेल पनि सुक्दै गएको छ। खेत बाँझै रहेको अन्नपूर्ण पोस्टमा खबर छ।

‘वर्षा नहुँदा हामीलाई धेरै समस्या परेको छ’, ओमसतिया-४ वसन्तपुरमा खेतमा बीउ उखेल्दै भेटिएका किसान अमिरुल्लाह खानले भने, ‘सिँचाइका लागि भएको एउटा सानो ट्युबेल पनि सुक्दै गएको छ। खेतीकिसानी गरेर परिवारको गुजारा नै चलाउन गाह्रो भो।’

लामो प्रतीक्षापछि पनि मनसुन सक्रिय नहुँदा रुपन्देहीका कृषक दुखित छन्। खेतमा पानी हालेर भए पनि रोपाइँ गर्ने सुरसार गरिरहेका कृषकका लागि भूमिगत पानी पनि सुक्दा समस्या परेको छ।

छिटफुट वर्षा भइरहे पनि आधा घण्टा लामो पानी परेको छैन। रुपन्देहीमा न्यून सिँचाइ सुविधा उपलब्ध छ। मौसमकै भरमा खेतीपाती गर्नुपर्ने बाध्यता हुन्छ। ‘अहिले पानी परेको छैन। बढी खर्च गरी रोपाइँ गरे पनि पछि धानको मूल्य पाइँदैन’, किसान खानले भने। रोपाइँ गर्नेले पनि जसोतसो खेतमा भूमिगत पानी हालेर रोपाइँ गरिरहेका छन्। यो खर्चिलो हुँदा किसान मारमा छन्।

मोरङ बूढीगंगा गाउँपालिका-३ मुडेरीका सत्यनारायण राजवंशीले अघिल्लो वर्ष असार १५ मा रोपाइँ आधा सकेका थिए। धान रोप्दै असार १५ मा दही, चिउरा खाएको उनी सम्झन्छन्। उनले यस वर्ष भने रोपाइँ सुरु नै गरेका छैनन्। धानको बीउ खडेरीले सुक्न थालेको छ।

अब पानी पर्‍यो भने पनि बीउले पुग्दैन। खेत अड्कलेर राखेको बीउ खडेरीले सुकेपछि आधा खेत पनि नभ्याउनेमा उनी चिन्तित छन्। ‘बीउ राख्दा पानी नभएर कठिन भयो’, उनले भने, ‘अलिअलि उम्रिएको बीउ पनि सबै खडेरीले खायो। बीउ राखेको ब्याडै चिराचिरा परेको छ।’ वरपर धेरै किसानको खेत छ। तर, स्थलमार्ग कतैबाट पानी आउँदैन। अकासे पानीको भर पर्नुपर्ने बाध्यता छ।

प्रदेश १ का जिल्लामा यो वर्ष असार १४ सम्ममा १७.४१ प्रतिशत मात्र धान रोपाइँ भएको छ। सबैभन्दा बढी भोजपुरमा ५५ प्रतिशत र कम ताप्लेजुङ र धनकुटामा ३/३ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ। प्रदेश १ मा ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको निर्देशनालयका सूचना अधिकारी डाँगीको भनाइ छ। ५९ हजार ३ सय ५२.६ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको हो।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ७ : ११ बजे

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे

भोटेकोसी बाढीका प्रत्यक्षदर्शी भन्छन्- अचानक हुरी, धुलो र लेदोसहित उर्लिएर सबै छोप्यो

काठमाडौं– रसुवाको टिमुरे क्षेत्रमा बुधबार चीनतर्फबाट ल्हेन्दे खोलो हुँदै भोटेकोसीमा