रसुवामा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी « Khabarhub

रसुवामा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी


१० भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रसुवामा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे छलफल गर्न मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आकस्मिक बैठक गृह मन्त्रालयमा सुरु भएको छ।

गृहमन्त्री सुधन गुरुङ उपस्थित बैठकमा रसुवामा आएको बाढीको अवस्था, सम्भावित जोखिम तथा प्रभावित क्षेत्रमा तत्काल अपनाउनुपर्ने उद्धार र सुरक्षा उपायबारे छलफल भइरहेको छ।

रसुवामामा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेपछि त्रिशुली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीको असर मुग्लिनसम्म पर्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले नुवाकोट, धादिङ र चितवनका त्रिशुली नदी तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन तथा जोखिमयुक्त क्षेत्रमा आवागमन नगर्न आग्रह गरेको छ।

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  १० : ३० बजे

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका