तत्कालीन कृषि मन्त्री हरि पराजुलीले हर्कत मच्चाएको त्यो दिन… « Khabarhub

तत्कालीन कृषि मन्त्री हरि पराजुलीले हर्कत मच्चाएको त्यो दिन…


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर रोपाइँको चटारो थियो । दुःख भुलेर कृषकहरू रोपाइँमा जुटेका थिए । घटना २०७२ साल असार १५ गते मंगलवारको ।

असार १५ को अवसर पारेर मन्त्रीदेखि कलाकारसम्म खेतमा धान दिवसको रमाइलोमा जुटेका थिए । कति मन्त्री त हिलो नछोइ फर्किए तर काठमाडौंको मुलपानीमा पुगेका कृषिमन्त्री हरि पराजुलीले भने खेतमै रमिता देखाएका थिए ।

झट्ट हेर्दा उनी मन्त्री हुन् भनेर छुट्याउन निकै गाह्रो पर्थ्यो । तर, उनी थिए तत्कालीन कृषी मन्त्री–हरि पराजुली । उनी राष्ट्रिय धान दिवस मनाउन काठमाडौंको मुलपानी पुगेका थिए । धान दिवसको दिन भएर मन्त्री पराजुली कृषक जस्तो देखिनु कुनै नौलो र आश्चर्यको कुरा थिएन । तर मन्त्री पराजुलीको हर्कतले पो सबैलाई चकित बनाएको थियो । हास्दै हिलोमा छिरेका मन्त्रीले एकाएक ताण्डव नै देखाए । सवैलाई लज्जित बनाए ।

उनले आफ्नो जिउमा लागेको हिलो पुछ्न महिलाकै फरियाको सहायता लिए । रमाइलो गर्ने बहाना मन्त्री जस्तो गरिमामय पदको पदीय मर्यादालाई नै लत्याएर अंगालो नै हाले । ती महिलाले मन्त्रीलाई नगर्नु–नगर्नु भन्दै थिइन् तर, मन्त्री ज्यू भने पुनः उही शैलीमा लम्किरहेका थिए ।

अप्ठयारो महसुस गरेकी ती महिलाले मन्त्रीको असभ्य व्यवहारप्रति धारे हात लाउँदै गाली गर्दै उम्किन सफल भइन् । तर, पनि मन्त्री ज्युले आफूलाई काबुमा राखेनन् । उनको गालीलाई वास्तै नगरी फेरि अर्की महिलासंग गर्ल्याम्म अंगालो हाल्न पुगेका थिए । मन्त्री ज्यूले एकपछि अर्को गर्दै रोपहार अन्य केही महिलासँग पनि यस्तै दुर्व्यहार गरेका थिए ।

घाटीमा विउको माला, टाउकोमा छत्रे टोपी, सेतो टिर्सट र हाफ पाइन्टमा निकै उत्साहित हुदै रोपाइँ कार्यक्रममा सहभागी भएका मन्त्री पराजुलीले खेतमा पस्नुअघि आशा लाग्दा भाषण नगरेका पनि होइनन् । तर बोली र व्यबहार आकास–पातालको अन्तर भएपछि कस्को के लाग्ने ?

धान दिवसमा गरेको त्यो हर्कतलाई गल्ती भएको स्वीकार्दै मन्त्री पराजुलीले त्यसको दुई दिनपछि पदबाट राजिनामा दिएका थिए ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ७ : ५५ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली