तत्कालीन कृषि मन्त्री हरि पराजुलीले हर्कत मच्चाएको त्यो दिन… « Khabarhub

तत्कालीन कृषि मन्त्री हरि पराजुलीले हर्कत मच्चाएको त्यो दिन…


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर रोपाइँको चटारो थियो । दुःख भुलेर कृषकहरू रोपाइँमा जुटेका थिए । घटना २०७२ साल असार १५ गते मंगलवारको ।

असार १५ को अवसर पारेर मन्त्रीदेखि कलाकारसम्म खेतमा धान दिवसको रमाइलोमा जुटेका थिए । कति मन्त्री त हिलो नछोइ फर्किए तर काठमाडौंको मुलपानीमा पुगेका कृषिमन्त्री हरि पराजुलीले भने खेतमै रमिता देखाएका थिए ।

झट्ट हेर्दा उनी मन्त्री हुन् भनेर छुट्याउन निकै गाह्रो पर्थ्यो । तर, उनी थिए तत्कालीन कृषी मन्त्री–हरि पराजुली । उनी राष्ट्रिय धान दिवस मनाउन काठमाडौंको मुलपानी पुगेका थिए । धान दिवसको दिन भएर मन्त्री पराजुली कृषक जस्तो देखिनु कुनै नौलो र आश्चर्यको कुरा थिएन । तर मन्त्री पराजुलीको हर्कतले पो सबैलाई चकित बनाएको थियो । हास्दै हिलोमा छिरेका मन्त्रीले एकाएक ताण्डव नै देखाए । सवैलाई लज्जित बनाए ।

उनले आफ्नो जिउमा लागेको हिलो पुछ्न महिलाकै फरियाको सहायता लिए । रमाइलो गर्ने बहाना मन्त्री जस्तो गरिमामय पदको पदीय मर्यादालाई नै लत्याएर अंगालो नै हाले । ती महिलाले मन्त्रीलाई नगर्नु–नगर्नु भन्दै थिइन् तर, मन्त्री ज्यू भने पुनः उही शैलीमा लम्किरहेका थिए ।

अप्ठयारो महसुस गरेकी ती महिलाले मन्त्रीको असभ्य व्यवहारप्रति धारे हात लाउँदै गाली गर्दै उम्किन सफल भइन् । तर, पनि मन्त्री ज्युले आफूलाई काबुमा राखेनन् । उनको गालीलाई वास्तै नगरी फेरि अर्की महिलासंग गर्ल्याम्म अंगालो हाल्न पुगेका थिए । मन्त्री ज्यूले एकपछि अर्को गर्दै रोपहार अन्य केही महिलासँग पनि यस्तै दुर्व्यहार गरेका थिए ।

घाटीमा विउको माला, टाउकोमा छत्रे टोपी, सेतो टिर्सट र हाफ पाइन्टमा निकै उत्साहित हुदै रोपाइँ कार्यक्रममा सहभागी भएका मन्त्री पराजुलीले खेतमा पस्नुअघि आशा लाग्दा भाषण नगरेका पनि होइनन् । तर बोली र व्यबहार आकास–पातालको अन्तर भएपछि कस्को के लाग्ने ?

धान दिवसमा गरेको त्यो हर्कतलाई गल्ती भएको स्वीकार्दै मन्त्री पराजुलीले त्यसको दुई दिनपछि पदबाट राजिनामा दिएका थिए ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ७ : ५५ बजे

के अक्षय खन्ना ‘रेस ४’ को हिस्सा बन्नेछन् ?

काठमाडौं – बलिउड फिल्म ‘धुरन्धर’ मा अक्षय खन्नाको दमदार अभिनयले

एक सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर – मकवानपुरको थाहा नगरपालिका–१० स्थित टौखेलबाट मार्खु तर्फ जाँदै

माघ शुक्ल तृतीया : माधवनारायणका व्रतालु पनौती यात्रामा

काठमाडौं – पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका व्रतालु माधवनारायण भगवानसहित

बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

काठमाडौ – क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै