समय सन्दर्भः कविता ‘किसानको रहर’ « Khabarhub

समय सन्दर्भः कविता ‘किसानको रहर’


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

कवि दैवज्ञराज न्यौपानेले लेख्नुभएको कविता ‘किसान रहर’ आम नेपाली किसान दाजुभाइमा समर्पित छ । विद्यालयको पाठ्यक्रममा समेत समावेश यो कविता उत्तिकै समय सान्दर्भिक छ ।

भोजपुरको गोगने-१, धाइपामा वि.सं. २००४ साल मंसिर ३० गते जन्मेका न्यौपानेको साहित्यिक यात्रा कविता लेखनबाट प्रारम्भ भएको हो । खासगरी वि.सं. २०२१ बाट कविता र गीतबाट लेखनबाट उनले साहित्यिक यात्रालाई मुर्तरुप दिएका हुन् । उलने बालसाहित्य र समालोचनाका क्षेत्रमा समेत कलम चलाएका छन् ।

शीर्षकः किसानको रहर

सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साझ र बिहान

बिहानपख झुल्किनछ घाम देउराली पाखामा
आसरे गीत घन्किनछ अनि सुरिलो भाकामा

काँधको शोभा हलो र जुवा हातमा कोदाली
जीवन धान्नु गर्नु नै पर्ने उकाली ओराली

छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला

भनेर सानी पटुकी रातो बाँधेर झरेकी
धमिलो खोला बाढीले होला कसरी तरेकी ?

गालामा साना पसिना दाना मोती झैं खुलेकी
घाम र पानी भोक र तिर्खा कसरी भुलेकी

सुसेली हाली बयेली खेल्छ बतास रातमा
जूनले पोख्छ शीतका थोपा धानका पातमा

सूनौला बाला झुलेर होला भूईंलाई छोएको
फलेको हाँगो कहिले छ र ननुही रहेको ?

हिमाल हाँस्छ मिलाई सेता दाँतका लहर
किसान बनी जहान पाल्ने यो मेरो रहर ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ८ : ५२ बजे

नेप्से दोहोरो अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

पत्रकार महासंघले थाल्यो आन्दोलन, प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइने, अरु के छन् कार्यक्रम ?

काठमाडाैँ – समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड

चुरोटको लतले संकटमा गायक अनिल सिंहको जीवन, खुट्टा काट्नुपर्ने चेतावनी

नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक अनिल सिंहको

भ्रष्टाचार आरोपपछि मङ्गोलियाका राष्ट्रपति राजीनामा दिने तयारीमा

उलानबटोर- विपक्षी दलले भ्रष्टाचारको आरोप लगाउँदै महाभियोग लगाउने चेतावनी दिएपछि

राष्ट्रिय कर दिवस : साताव्यापी कार्यक्रम सुरु

काठमाडौं– राष्ट्रिय कर दिवसको अवसरमा सरकारले करको दायरा विस्तार, करदाता