अस्ट्रेलियाको सानदार जीत, न्युजिल्याण्ड ८६ रनले पराजित « Khabarhub

अस्ट्रेलियाको सानदार जीत, न्युजिल्याण्ड ८६ रनले पराजित


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वकप क्रिकेटमा अस्ट्रेलियाले न्युजिल्याण्डलाई ८६ रनले पराजित गरेको छ । इंग्ल्याण्डको लर्ड्स क्रिकेट मैदानमा अस्ट्रेलियाले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४३ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५७ रनमा समेटियो।

न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ४० रन बनाएपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यस्तै रोस टेलरले ३० रन जोड्दा मार्टिन गुप्टिलले २० रन बनाए। न्युजिल्याण्डलाई सस्तैमा समेट्न अस्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिए। उनले ९ ओभर ४ बलमा २६ रन खर्चेर ५ विकेट लिएका हुन्।

यस्तै जासन पाउलले २ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४३ रन बनाएको थियो।
अस्ट्रेलियाका लागि उस्मान ख्वाजा र एलेक्स केरीले अर्धशतकीय इनिङ्स खेले। ख्वाजाले ८८ रनको योगदान दिए। केरीले ७१ रन बनाए। यस्तै पाट कुमिन्सले अविजित २३, मार्कूस स्टोनिसले २१ तथा डेभिड वार्नरले १६ रन बनाए।

न्युजिल्याण्डका ट्रेन्ड बोल्टले ह्याट्रिक विकेटसहित ४ विकेट लिए। बोल्टले अन्तिम ओभरको तेस्रो बलमा ख्वाजा, चौंथोमा मिचेल स्टार्क र पाँचौं बलमा जासन पाउललाई आउट गर्दै ह्याट्रिक पुरा गरे।

उनको यो विश्वकपमा पहिलो ह्याट्रिक हो। बोल्ट विश्वकपमा ह्याट्रिक लिने न्युजिल्याण्डको पहिलो खेलाडी समेत बने। जितसँगै अस्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा यथावत रहन सफल भएको छ।

यसअघि नै सेमिफाइनल पुगिसकेको अस्ट्रेलियाले ८ खेलबाट १४ अंक जोडेको छ।यो हारसंगै न्युजिल्याण्डले भने सेमिफाइनलमा स्थान बनाउने मौका गुमाएको छ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ८ : २६ बजे

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी