जीवन र स्वर्गको प्रतिक सुन्दर 'मयूर' (तस्वीरसहित) | Khabarhub Khabarhub

जीवन र स्वर्गको प्रतिक सुन्दर ‘मयूर’ (तस्वीरसहित)


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मयूरको नाँचले जो कोहीलाई आनन्दित बनाउँछ । हुनपनि प्वाँख फिजाएर नाच्ने मयूरको नृत्यको दृश्य मनमोहक हुन्छ । ‘मयूर’ शब्द संस्कृतबाट साभार गरिएको हो। हिन्दु धर्ममा ‘मयूर’ चरालाई पवित्र पक्षीको रूपमा लिने गरेको पाइन्छ । विभिन्न हिन्दु ग्रन्थहरूमा पनि पवित्र चरा मयूरको राम्रो व्याख्या गरिएको छ ।

मयूरको नृत्यमात्र होइन रुप र व्यवहार पनि निक्कै सुन्दर नै हुन्छ । हेर्दै सुन्दर देखिने मयूर चरा साँच्चै नै प्रकृतिको उपहार हो । मयूरको रङ्गीचङ्गी प्वाँख धार्मिक उपचार विधीमा पनि प्रयोग गरिन्छ, साथै घर तथा मन्दिरलाई शुद्ध र चोखो राख्नको लागि मयूरको प्वाँखलाई प्रयोग गरिन्छ। हामीले पनि सानैमा पुस्तकका च्यापमा मयूरको प्वाख राख्ने गरेका थियौं । सायद यदाकदा अहिलेका बालबालिकाको पुस्तकमा पनि त्यो हुन सक्छ ।

विष्णु पुराणको अनुसार, त्रीमूर्तिका एक अङ्ग भगवान विष्णुको वाहान ‘गरुढ’को प्वाँखबाट मयूरको उत्पत्ति भएको मानिन्छ। ‘गरुढ’ दैत्यको रूप मानिने विषालु साँपलाई हराउन सक्ने एकमात्र दैवी प्राणी हो। पुराणमा उल्लेख गरिएअनुसार, साँपलाई नै वध गर्नको लागि गरुढले आफ्नो प्वाँखबाट मयूरको सृजना गरेको मानिन्छ। जब मयूरले आफ्नो सबै प्वाँखलाई फिँजाएर नाच्न सुरु गर्छ, ती प्वाँखहरूमा भएको आकृतिले साँप लट्ठिन्छ। पुराणमा यसलाई ‘समयचक्र’ भनेर भनिएको छ।

गरुढ देवले मयूरको उत्पत्ति गरेपछि, स्वस्थानी माताको एक रूप ‘कौमारी देवी’ले सो मयूरलाई असाध्यै मन पराएकी थिइन्। कौमारी देवीको वहान हो मयुर।

पार्वती देवीको छोरा ‘कार्त्तिक’(भगवान गणेशको दाइ) ले पनि आफ्नो वहानमा मयूरलाई नै छानेका थिए। कार्त्तिकलाई ‘कुमार’ भनेर पनि चिनिन्छ। हिन्दुहरूको घरमा पुजा गर्दा सुरुमा गणेश र कुमारको पुजा गरिन्छ र गणेशलाई सुपारी अनि कुमारलाई मयूरको प्वाँख राखिने पनि चलन छ।

हिन्दु धर्ममा मात्र होइन अरु धर्महरूमा पनि मयूरलाई पवित्र मानिने गरिन्छ। मयूरलाई आस्था, निष्ठा र प्रतिज्ञाको प्रतिक मानिन्छ भने पवित्रता, अनुशासन र सुरक्षाको साक्षात प्रतिमूर्ति पनि मानिन्छ।

अध्यात्मवादमा पनि मन, मुटु र मस्तिष्कलाई शान्त पार्नको लागि मयूरको सुन्दरता र सकारात्मकताको मद्दत लिनको लागि आध्यात्मिक गुरुहरूले सल्लाह दिने गर्छन्।

ग्रीक-रोमन संस्कृतिमा पनि मयूरलाई ‘हीरा’ देवीको प्रतिक मानिन्छ। हीराले ‘आर्गस’बाट मयूरको सृजना गरेको यस संस्कृतिको पौराणिक कथाहरूमा भेट्न सकिन्छ। आर्गसका सय नयन (मयूरको प्वाँखमा देखिने आकृति)ले स्वर्गको खजाना र ताराहरूका आँखालाई जनाउँदछ।

क्रिश्चियन धर्ममा पनि मयूरलाई पवित्रता, अमरत्व, नवीकरण र पुनर्जन्मको रूपमा चिनिन्छ। काल्पनिक पक्षी ‘फिनिक्स’को पुनरुत्थान गरी आधुनिक पक्षी ‘मयूर’को सृजना गरेको घटना पनि कतिपय ग्रन्थहरूमा कथित छन्। साथै, सेतो रङ्गको मयूरलाई शान्ति, असत्यमाथि सत्यको विजय, जीवन अनि स्वर्गको प्रतिक पनि मानिन्छ।

तस्वीर स्रोत : फ्लो ड्रिम्स

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ९ : ३६ बजे

क्यानडाको श्रम बजार सुस्त, बेरोजगारी दरमा निरन्तर वृद्धि

ओटावा– क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अंकले वृद्धि

यी हुन् भारतीय कारवाहीमा मारिएका पाँच ‘वरिष्ठ’ आतंककारी, अन्त्येष्टिमा पाकिस्तानी सैनिक पनि उपस्थित

काठमाडौं- पाकिस्तानमा गरेको सैन्य कारवाहीका क्रममा ५ जना वरिष्ठ आतंककारी

वन क्षेत्रको संरक्षण बढाएका छौँ, सालघारी फँडानी रोकिने छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको

‘जलवायु संकट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने’

पाटन– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन वर्तमानको सबैभन्दा गम्भीर संकट

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीले लिए शपथ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद