सिस्नोमा पाइन्छन् यस्ता औषधीय गुण « Khabarhub

सिस्नोमा पाइन्छन् यस्ता औषधीय गुण


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सिस्नो सवैले देखेको र चिनेको वनस्पति हो । पहिले पहिले सिस्नोलाई गरिबको खानाको रुपमा तुलना गरिने भए पनि पछिल्लो समय सवैले तरकारीका रुपमा प्रयोग गर्न थालेको पाइन्छ ।

शहर बजारमा पनि पछिल्लो समय सिस्नो बेच्न ल्याउने गरिन्छ । सुपर मार्केटमा समेत सिस्नोको पाउडर बनाएर बेच्ने गरेको पाइन्छ । सिस्नोमा क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट, फाइवर, फस्फोरस र आइरनजस्ता तत्त्व पाइन्छन् ।

सिस्नो खानुका फाइदा

सिस्नो गर्भवती तथा सुत्केरी महिलालाई खुवाउनु अत्यन्तै फाइदाजनक मानिन्छ। सिस्नोले मुटुसम्बन्धी समस्या निको पार्न सहयोग गर्ने चिकित्सकहरु बताउँछन् ।  सिस्नो सेवनले उच्च रक्तचापलाई नियन्त्रण गर्नमा सघाउ पुर्‍याउँछ। यो मधुमेह रोगीका लागि पनि निकै उपयोगी हुन्छ।

त्यसैगरीप्रोस्टेड ग्ल्ण्याड र बाथको समस्या भएका मानिसलाई पनि सिस्नोले फाइदा पुग्छ। शरीरमा रगतका नयाँ सेल बनाउनमा समेत यसले महत्त्वपूर्ण भूमिका खेल्छ।

त्यस्तै, पिसाबको संक्रमण हुनेहरूले पनि नियमित सिस्नो सेवन गर्दा फाइदा पुग्ने चिकित्सकहरु बताउँछन् । शरीरमा भएका विभिन्न एलर्जीको समस्या समाधानमा पनि सिस्नो सहयोगीसिद्ध हुन्छ । त्यतिमात्र नभएर शरीर दुख्ने समस्यामा पनि सिस्नो लाभदायी मानिन्छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १० : ३७ बजे

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

साना- यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड सी)

एनएफपिजेद्वारा ‘तीनदिने फोटो पत्रकारिता’ तालिम सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार

आफ्नो पक्षमा कति लाइक आउँछ भन्नेमा सरकार केन्द्रित भयो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले विधि, प्रक्रिया र

बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बेपत्ता रहेका कर्मचारी

भवनमै सीमित बैतडीको ट्रमा सेन्टर

दशरथचन्द– यहाँ निर्मित ट्रमा सेन्टर जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको