अमेरिकी प्रतिवेदनको ठहर: मानव बेचबिखन नियन्त्रण गर्न नेपाल असफल « Khabarhub

अमेरिकी प्रतिवेदनको ठहर: मानव बेचबिखन नियन्त्रण गर्न नेपाल असफल


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले मानव बेचबिखन नियन्त्रण गर्न नसकेको अमेरिकी एक प्रतिवेदनले ठहर गरेको छ । अमेरिकाले हरेक वर्ष तयार पार्ने मानव बेचबिखनसम्बन्धी एउटा प्रतिवेदनमा मानव बेचबिखन नियन्त्रणमा नेपालले पर्याप्त कदम चाल्न नसकेको उल्लेख गरिएको  हो।

‘ट्राफिकिङ इन पर्सन्स’ (टिप) नामक प्रतिवेदनले मानव बेचबिखन नियन्त्रणका लागि आवश्यक अनुसन्धान तथा नियम कानून निर्माणमा कमजोरी रहेको औँल्याउँदै उचित कदम चाल्नका लागि सुझाएको छ । बेचबिखनसम्बन्धी विषय वैदेशिक रोजगार ऐनमा दर्ता गराउन तथा पुरानो र गलत प्रक्रियालाई सच्च्याउन प्रतिवेदनले नेपाल सरकारलाई सुझाव दिएको छ ।

यता नेपाल सरकारले भने मानव बेचबिखनसम्बन्धी ऐन संशोधन गर्ने काम भइरहेको जनाएको छ । अमेरिकी सरकारले विश्वभरी मानव बेचबिखनको स्थिति र यसलाई नियन्त्रण गर्नका लागि सम्बन्धित राष्ट्रहरूले गरेका प्रयासबारे प्रत्येक वर्ष प्रतिवेदन निकाल्दै आएको छ ।

उक्त प्रतिवेदनमा बेचबिखन नियन्त्रण गर्न सरकारले गरेका सकारात्मक काम र अबका दिनमा गर्नुपर्ने विषयहरूको पनि चर्चा गरिएको छ । बेचबिखनमा परेकाहरूका लागि नेपालले एउटा छुट्टै कार्यालय नै स्थापना गरेको विषय उल्लेख गर्दै उक्त प्रतिवेदनमा त्यसको प्रशंसा पनि गरिएको छ । बेचबिखनसम्बन्धी घटनालाई वैदेशिक रोजगार ऐनअन्तर्गत दर्ता गराउने गरेको विषयबारे प्रतिवेदनमा आपत्ति जनाइएको छ ।

त्यस्तो व्यवस्थाले पीडकलाई सहज पार्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । यस्तै संयुक्त राष्ट्रसङ्घले सन् २००० मा ल्याएको पर्लेमो प्रोटोकललाई नेपालले अनुमोदन नगरेको विषयलाई पनि प्रतिवेदनमा उठाइएको छ । ‘ट्राफिकिङ इन पर्सन्स’ प्रतिवेदनले हाल नेपाली महिलालाई खाडी मुलुकमा घरेलु कामदारको रूपमा काम गर्न जान लगाइएको प्रतिबन्ध फुकुवा गर्ने र नेपालीहरू जाने गन्तव्य मुलुकमा उनीहरूको अधिकारको संरक्षण हुने गरी सम्झौता गर्न सुझाव पनि दिएको छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १२ : २४ बजे

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

दाङ– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज बस्दैछ ।

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज