‘धर्ती माता’लाई ७ दिन हिरासतमा राख्न म्याद थप | Khabarhub Khabarhub

‘धर्ती माता’लाई ७ दिन हिरासतमा राख्न म्याद थप


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूलाई ‘धर्ती माता’ भन्ने विष्णु कँवरविरुद्ध अभद्र व्यवहारको कसुरसम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले ७ दिन हिरासतमा राख्न म्याद थप गरेको छ ।

सार्वजनिक ठाउँमा महिलामाथि अभद्र व्यवहार गरेको अभियोगमा शुक्रबार बिहान पक्राउ परेकी थापामाथि अनुसन्धान गर्न आइतबार ७ दिनको म्याद थप भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । थापाले केही दिन अगाडि काठमाडौंको भद्रकाली मन्दिरमा एक युवतीलाई यातना दिएकी थिइन् ।

आफूमा दैविक शक्ति रहेको भन्दै कुँवरले युवतीलाई गाली गलौच गरेर युवतीमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यद्यपि कुँवरबाट अभद्र व्यवहार पाएकी (कुटिएकी) युवतीले भने प्रहरीमा उजुरी दिएको छैन । सार्वजनिक स्थानमा महिलामाथि कुटपिट गरेको भन्दै प्रहरीले उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाएको हो ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १२ : ३१ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा