प्रधानमन्त्री ओलीको गृहजिल्लामा सडकमै गरियो रोपाईं (फोटो फिचर) « Khabarhub

प्रधानमन्त्री ओलीको गृहजिल्लामा सडकमै गरियो रोपाईं (फोटो फिचर)


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका स्थानीयले सडकमा धान रोपेका छन् ।

बिर्तामोडबाट भद्रपुर जाने सडक जीर्ण भएपनि मर्मत नगरिएको र हिलोले हिँड्नसक्ने अवस्थामा नपुगेको भन्दै स्थानीयले सडकमै धान रोपेका हुन् ।

पानी नपरेको बेलामा धुलाम्मे र पानी परेको बेलामा बाटो हिलाम्मे भएपछि बिर्तामोडका व्यापारी र स्थानीयले सडकमै धान रोपेर विरोध गरेका हुन् ।

सडकमा धान रोपाइको सांकेतिक विरोध सकिएपछि कार्यक्रममा सहभागीहरुले सोही स्थानमा बसेर दही चिउरा समेत खाएका छन् ।

व्यापारीसमेत रहेका सन्तोस अग्रवालको घर अगाडि आयोजना गरिएको सडक रोपाइ कार्यक्रम रहन नभइ बाध्यता भएको उनीहरुले बताएका छन् ।

‘अहिले ठाउँ–ठाउँमा पानी जमेको छ, पसल अगाडी जताततै सडक हिलाम्मे भएको छ’, व्यापारी अग्रवालले भने, ‘भद्रपुर रोडको यस्तो दुर्दशालाई सरकार समक्ष पुर्याउन यहाँका जनताले विरोध स्वरूप सडककै धान रोपेको हो ।’ असार १५ मा खेतमा धान रोप्नु पर्नेमा हामी बाध्य भएर सडकमै धान रोप्नु परेको हो ।’

सडक मर्मत नगरेको भनेर स्थानीय आक्रोशित भइरहेको बेलामा बिर्तामोड नगरपालिकाले भने उक्त सडक निर्माणका लागि ठेक्का प्रक्रिया सुरु भइसकेको बताएको छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १ : २७ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क