किमसँग हात मिलाउँदै ट्रम्पले भने– उत्तर कोरियामा प्रवेश गर्दा गर्व महसूस गरें « Khabarhub

किमसँग हात मिलाउँदै ट्रम्पले भने– उत्तर कोरियामा प्रवेश गर्दा गर्व महसूस गरें


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनबीच डीएमजेड क्षेत्रमा भेटवार्ता भएको छ । दुबै नेताले उत्तर र दक्षिण कोरिया विभाजनको सीमा क्षेत्रमा हात मिलाएका थिए ।

किम जोन उनले कहिले पनि आफूले अमेरिकी राष्ट्रपतिसँग यस क्षेत्रमा भेट हुन्छ भन्ने नसोचेको बताएका छन् । डीएमजेड अर्थात डिमिलिट्राइज्ड जोन उत्तर र दक्षिण कोरियालाई विभाजित गर्ने असैन्यकृत क्षेत्र हो ।

यो अभूतपूर्व भेटवार्ता डोनाल्ड ट्रम्पले अचानक किम जोन उनसँग डिएमजेडमा भेट्न प्रस्ताव राखेपछि भएको हो । आलोचकले यो भेटवार्तालाई राजनीतिक स्टन्ट भनेका छन् भने केहीले यो भविष्यमा हुने वार्ताको आधार भएको जनाएका छन् ।

ट्रम्प र किम यो वर्षको फेब्रेुअरीमा हनोइमा भेटेका थिए तर वार्ता असफल भएको थियो ।

डीएमजेडमा किम जोन उनसँगै रहेका ट्रम्पले पत्रकारसँग कुरा गर्दै यो एक ऐतिहासिक क्षण भएको बताएका छन् र उनले दुई कोरियालाई बाँडेको रेखा पार गर्न पाएकोमा गर्व महसूस भएको बताएका छन् । यससँगै ट्रम्प उत्तर कोरिया पुग्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् ।

सञ्चारमाध्यमलाई दिएको एक दुर्लभ अन्तर्वार्तामा किमले यो भेटवार्ताले ट्रम्प र आफूबीचको सम्बन्ध ‘शानदार’ रहेको प्रमाणित गरेको बताएका छन् ।

कार्यक्रमका हिसावमा ट्रम्पले किमसँग भेटेपछि सैन्य अड्डा पुग्ने थियो तर उनी पानमुनजोम पुगे जहाँ किम र ट्रम्पका बीचमा करिब ५० मिनेट कुराकानी भएको थियो । हात मिलाउने यो भेटवार्ता निकै लामो भएको हो ।

जे कार्यक्रम भनिएको थियो त्या परिवर्तन गरिएको थियो र कसैलाई पनि थाहा छैन कि यो अप्रत्याशित र अभूतपूर्व बैठकबाट के निस्कने छ ।

डीएमजेडको भ्रमणमा ट्रम्पसँगै उनकी छोरी इवान्का ट्रम्प र उनका पति जेरेड कशनर साथ थिए । किम र ट्रम्पको कुराकानीमा उनीहरुपनि थिए । तर दक्षिण कोरियाली राष्ट्रपति मून जे इन यो कोठामा थिएनन् ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  २ : २२ बजे

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक

सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीद्वारा बन्द हेटौँडा कपडा उद्योग निरीक्षण

मकवानपुर – सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज

असन्तुष्ट पक्षलाई समेटेर लान सभापतिलाई नेता शशाङ्कको सुझाव

कास्की – नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री शशाङ्क कोइरालाले पार्टीभित्रका

काठमाडौंमा १९औँ शताब्दीका युरोपेली कला प्रदर्शनी सुरु

काठमाडौं – काठमाडौं लाजिमपाटस्थित अरूपण आर्ट ग्यालरीमा आजदेखि १९औँ शताब्दीका

काभा महिला भलिबल : कीर्गिस्तानमाथि नेपालको जित

काठमाडौं – राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला