किमसँग हात मिलाउँदै ट्रम्पले भने– उत्तर कोरियामा प्रवेश गर्दा गर्व महसूस गरें « Khabarhub

किमसँग हात मिलाउँदै ट्रम्पले भने– उत्तर कोरियामा प्रवेश गर्दा गर्व महसूस गरें


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनबीच डीएमजेड क्षेत्रमा भेटवार्ता भएको छ । दुबै नेताले उत्तर र दक्षिण कोरिया विभाजनको सीमा क्षेत्रमा हात मिलाएका थिए ।

किम जोन उनले कहिले पनि आफूले अमेरिकी राष्ट्रपतिसँग यस क्षेत्रमा भेट हुन्छ भन्ने नसोचेको बताएका छन् । डीएमजेड अर्थात डिमिलिट्राइज्ड जोन उत्तर र दक्षिण कोरियालाई विभाजित गर्ने असैन्यकृत क्षेत्र हो ।

यो अभूतपूर्व भेटवार्ता डोनाल्ड ट्रम्पले अचानक किम जोन उनसँग डिएमजेडमा भेट्न प्रस्ताव राखेपछि भएको हो । आलोचकले यो भेटवार्तालाई राजनीतिक स्टन्ट भनेका छन् भने केहीले यो भविष्यमा हुने वार्ताको आधार भएको जनाएका छन् ।

ट्रम्प र किम यो वर्षको फेब्रेुअरीमा हनोइमा भेटेका थिए तर वार्ता असफल भएको थियो ।

डीएमजेडमा किम जोन उनसँगै रहेका ट्रम्पले पत्रकारसँग कुरा गर्दै यो एक ऐतिहासिक क्षण भएको बताएका छन् र उनले दुई कोरियालाई बाँडेको रेखा पार गर्न पाएकोमा गर्व महसूस भएको बताएका छन् । यससँगै ट्रम्प उत्तर कोरिया पुग्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् ।

सञ्चारमाध्यमलाई दिएको एक दुर्लभ अन्तर्वार्तामा किमले यो भेटवार्ताले ट्रम्प र आफूबीचको सम्बन्ध ‘शानदार’ रहेको प्रमाणित गरेको बताएका छन् ।

कार्यक्रमका हिसावमा ट्रम्पले किमसँग भेटेपछि सैन्य अड्डा पुग्ने थियो तर उनी पानमुनजोम पुगे जहाँ किम र ट्रम्पका बीचमा करिब ५० मिनेट कुराकानी भएको थियो । हात मिलाउने यो भेटवार्ता निकै लामो भएको हो ।

जे कार्यक्रम भनिएको थियो त्या परिवर्तन गरिएको थियो र कसैलाई पनि थाहा छैन कि यो अप्रत्याशित र अभूतपूर्व बैठकबाट के निस्कने छ ।

डीएमजेडको भ्रमणमा ट्रम्पसँगै उनकी छोरी इवान्का ट्रम्प र उनका पति जेरेड कशनर साथ थिए । किम र ट्रम्पको कुराकानीमा उनीहरुपनि थिए । तर दक्षिण कोरियाली राष्ट्रपति मून जे इन यो कोठामा थिएनन् ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  २ : २२ बजे

गैरीगाउँ आगलागी : ११ दमकल, सेना र प्रहरीले दुई घण्टामा निभाए आगो

काठमाडौं– गैरीगाउँस्थित काठ गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ ।

‘धुरन्धर’ पछि रणवीर सिंह जम्बी संसारमा, ‘प्रलय’ लाई लिएर चर्चा

काठमाडौँ– बलिउड अभिनेता रणवीर सिंह अहिले फिल्म ‘धुरन्धर’ को ऐतिहासिक

गगन-विश्वले जुटाउलान् बहुमत ? अल्पमतको भेलाले ल्याउन सक्छ कानुनी जटिलता

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा

सर्वदलीय बैठकबाट विवाद टुङ्गिएसँगै वीरगञ्जमा ‘कर्फ्यू’ हटाइयो

वीरगञ्ज–  सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

मन्त्रिपरिषद्को निर्णय : सेनाका ६ अधिकारीको बढुवा, आईओएम फण्डमा १० हजार डलर

काठमाडौं– सरकारले सार्वजनिक निकायका पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरुपता