विश्व आर्थिक मञ्चको १३ औँ वार्षिक बैठकमा भाग लिन परराष्ट्रमन्त्री चीन प्रस्थान « Khabarhub

विश्व आर्थिक मञ्चको १३ औँ वार्षिक बैठकमा भाग लिन परराष्ट्रमन्त्री चीन प्रस्थान


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको डालियान शहरमा यही असार १६ देखि १८ गतेसम्म आयोजना हुने विश्व आर्थिक मञ्चको १३ औँ वार्षिक बैठकमा भाग लिन आइतवार अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन् ।

उनले सोमबार ‘विश्व अर्थतन्त्रमा नयाँ अवसरहरुको खोजी’ शीर्षकमा हुने अनौपचारिक छलफलमा सहभागी हुनुहुनेछ भने सन् २०२० का लागि जि–२० कार्यसूची विषयको छलफल सत्रमा पनि सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री ज्ञवालीले मङ्गलबार ‘जलवायु परिवर्तन भावी वित्तीय सङ्कट ?’ र नयाँ शक्ति सङ्कलन विषयका अतिरिक्त सत्रमा नेपालका तर्फबाट सम्बोद्धन गर्नेछन् । डालियानमा रहँदा उनले राजनीतिक एवं व्यापारिक वर्गसँग पनि भेटवार्ता गर्नेछन् ।

मन्त्री ज्ञवाली यही १८ गते डालियानबाट बेइजिङतर्फ प्रस्थान गर्नेछन् । त्यहाँ उनले उच्चस्तरीय चिनियाँ अधिकारीहरुसँग छलफल गर्नेछन् । परराष्ट्रमन्त्रीका साथ चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सहसचिव घनश्याम भण्डारीलगायत रहेका छन्।

मन्त्री ज्ञवाली असार २० गते स्वदेश फर्कनुहुने कार्यक्रम छ । मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत मन्त्रालयका उच्च पदाधिकारीले विदाइ गरेका थिए ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ४ : ४२ बजे

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु