नक्कली शिक्षक खडा गरेर २ लाख ३० हजार हिनामिना « Khabarhub

नक्कली शिक्षक खडा गरेर २ लाख ३० हजार हिनामिना


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुर्खेतको लेकवेसी नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालयमा नक्कली शिक्षक देखाएर २ लाख ३८ हजार ५ सय ३० रुपैयाँ हिनामिना गरिएको पाइएको छ ।

विद्यालयका प्राधानाध्यापकसहित १ शिक्षक र स्रोत व्यक्तिको मिलेमतोमा शिक्षक नियुक्त गरिएको नक्कली कागजात पेश गरेर जिल्ला शिक्षा कार्यालयबाट २ लाख ३० हजार रुपैयाँ हिनामिना गरेको पाइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनबाट प्रधानाध्यापक भीम बहादुर ज्ञामी, लेखा शिक्षक भक्तबहादुर ज्ञामी र स्रोत व्यक्ति (आरपी) दल बहादुर सिंहको मिलेमतोमा नक्कली शिक्षक खडा गरी अनियमितता गरेको पाइएको हो ।

अख्तियारले नक्कली शिक्षक खडा गरी सरकारी रकम हिनामिना गर्ने तीनैजनाविरुद्ध जनही २ लाख ३८ हजार ५ सय ३० रुपैयाँ बिगो तथा जरिवाना मागदाबी गर्दै आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ५ : १३ बजे

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ