थ्रीडी प्रिन्टिङ प्रविधिबाट मंगल ग्रहको अनुभव लिन सकिने घर बन्दै « Khabarhub

थ्रीडी प्रिन्टिङ प्रविधिबाट मंगल ग्रहको अनुभव लिन सकिने घर बन्दै


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– अमेरिकाको एक कम्पनीले थ्रीडी प्रिन्टिङ प्रविधिको प्रयोगबाट मंगल ग्रहको अनुभव लिन सकिने घर तयार गरेको छ ।

टेरा नाम दिइएको यस प्रकारका केही घरहरु न्युयोर्कको हडसन नदी किनारमा निर्माण भइसकेको छ । यसलाई चाँडै पर्यटकहरुका लागि समेत खुला गरिनेछ । यसबाट हुने आम्दानी यस्तै अनुसन्धान तथा निर्माण कार्यमा लगाइनेछ ।

यी घरको परीक्षण सफल भएमा यसलाई भविष्यमा मानव सभ्यताले मंगल ग्रहमा आफ्नो नियन्त्रण कायम गरेपछि यस्तै प्रविधिबाट त्यहाँपनि बस्तीका लागि आधार तयार गर्न सकिने दाबी गरिएको छ ।

यसको निर्माण गर्ने कम्पनी एआई स्पेस फ्याक्ट्री यसअघि पनि आफना आविस्कारका लिएर नासाबाट पुरस्कार विजयी भइसकेको छ ।

टेराको निर्माण बायोपोलिमर बेसाल्ट कम्पोजिट मेटेरियलबाट गरिएको छ । यो पदार्थको बनाउनमा उखु र भुषको प्रयोग गरिएको छ । वैज्ञानिकहरुले यसलाई मार्सियन पोलिमर नाम दिएका छन् ।

थ्रीडी प्रिटिंगबाट बनेका यी पोड नासाको परीक्षणमा सामान्य कंक्रिट तथा स्टिलले बनेको घर भन्दा ५० प्रतिशत धेरै बलियो पाइएको छ । बेलनाकारको यी आवासमा अन्तरिक्ष यात्रीहरु तिब्र बेगका हावा तथा सौर्य रेडिएसनबाट पनि सुरक्षित रहन सक्छ ।

टेरामा वैज्ञानिकका लागि प्रयोगशाला दखि सुत्ने स्थान र ब्यायमशालाको समेत ब्यवस्था गरिएको छ । पानीको आवश्यकता पुरा गर्न यी भवनमा ५ हजार ५ सय लिटरको एक सिलिन्डर पनि राखिएको छ ।

ट्रम्प प्रशासनले नासालाई सन् २०३० सम्ममा मंगल ग्रहमा मानव अवतरण गराउने जिम्मेवारी दिएको छ । सन् २०१७ मेमा नासाका योजना प्रबन्धक ग्रेग विलियम्सले एजेन्सीको चार चरणको योजना विश्वसामु राखेका थिए ।

उक्त योजना अनुसार पहिलो र दास्रो चरणमा आवास बनाउने सम्भावनाको खोजी गर्नु हो । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ५ : ०१ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका