शेयर बजारमा दोहोरो अंकको गिरावट « Khabarhub

शेयर बजारमा दोहोरो अंकको गिरावट


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शेयर बजारमा आज दोहोरो अंकले गिरावट आएको छ । नेप्सेका अनुसार आइतबार नेप्से १२ दशमलव २७ अंकले घटेको छ । सेन्सेटिभ इन्डेक्सका समेत १ दशमलव ९२ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार आज कारोबार भएका सबै क्षेत्रका लगानीकर्ताले लगानी गुमाएका छन् ।

आज कारोबार भएकामध्ये सबैभन्दा धेरै उन्नती माइक्रोफाइनान्सका सेयरहोल्डरले प्रतिशेयर ३२ रुपैयाँ गुमाएका छन् भने गुँरास लघुवित्तका शेयरवालाले समेत प्रतिशेयर २४ रुपैया गुमाएका छन् ।

शिवम् सिमेण्टको शेयरमा समेत उच्च गिरावट आएको छ । नेप्सेका अनुसार शिवम् सिमेण्टका शेयर होल्डरले प्रतिशेयर २८ रुपैयाँ घाटा व्यहोरेका छन् । नेपाल एग्रो लघुवित्त वित्तिय संस्थाको शेयर समेत २१ रुपैया घटेको छ । तर युनिलिभर कम्पनीको शेयर भने ३ सय ८५ रुपैयाँले बढेको छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ६ : १४ बजे

पर्वतको ठानामा ‘एक घर एक धारा’

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’

सरकारले खुलायो औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात

काठमाडौं– नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द

हुम्ला– हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ