इंग्ल्याण्डद्वारा भारतलाई ३३८ रनको लक्ष्य « Khabarhub

इंग्ल्याण्डद्वारा भारतलाई ३३८ रनको लक्ष्य


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदवसीय विश्वकप क्रिकेटको जारी खेलमा इंग्ल्याण्डले भारतलाई ३ सय ३८ रनको लक्ष्य दिएको छ ।

इडनबर्ग क्रिकेट मैदानमा भइरहेको खेलमा निर्धारित ५० ओभर खेल्दै इंग्ल्याण्डले ७ विकेट गुमाएर ३३७ रन बनाएको हो । इंग्ल्याण्डका लागि ओपनिङ ब्याट्सम्यान जसन रोय र जोनि बेरिस्टोबीच उत्कृष्ट साझेदारी खेलेका थिए । जसमा उनीहरुले १ सय ६० रनको साझेदी पारी खेलेका थिए ।

इंग्ल्याण्डका लागि जोनि बेरिस्टोले शतकसहित १सय११ रन बनाए । उनले १०९ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए । यस्तै, वेन स्टोक्सले ५४ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ७९ रन बनाए भने जसन रोयले ५७ बलमा ७ चौका र २ छक्काको मतद्दमा ६६ रन, जोइ रुटले ४४ रन जोस बट्लरले २० रन बनाए ।

टस हारेर पहिलो फिल्डिङ गरेको भारतका लागि मोहमद सामीले उत्कृष्ट बलिङ गरे । उनले १० ओभर बलिङ गर्दै ६९ रन खर्चेर ५ विकेट लिए भने कुलदीप यादव र जस्प्रीत बुमराहले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ७ : १० बजे

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई