इंग्ल्याण्डद्वारा भारतलाई ३३८ रनको लक्ष्य « Khabarhub

इंग्ल्याण्डद्वारा भारतलाई ३३८ रनको लक्ष्य


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदवसीय विश्वकप क्रिकेटको जारी खेलमा इंग्ल्याण्डले भारतलाई ३ सय ३८ रनको लक्ष्य दिएको छ ।

इडनबर्ग क्रिकेट मैदानमा भइरहेको खेलमा निर्धारित ५० ओभर खेल्दै इंग्ल्याण्डले ७ विकेट गुमाएर ३३७ रन बनाएको हो । इंग्ल्याण्डका लागि ओपनिङ ब्याट्सम्यान जसन रोय र जोनि बेरिस्टोबीच उत्कृष्ट साझेदारी खेलेका थिए । जसमा उनीहरुले १ सय ६० रनको साझेदी पारी खेलेका थिए ।

इंग्ल्याण्डका लागि जोनि बेरिस्टोले शतकसहित १सय११ रन बनाए । उनले १०९ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए । यस्तै, वेन स्टोक्सले ५४ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ७९ रन बनाए भने जसन रोयले ५७ बलमा ७ चौका र २ छक्काको मतद्दमा ६६ रन, जोइ रुटले ४४ रन जोस बट्लरले २० रन बनाए ।

टस हारेर पहिलो फिल्डिङ गरेको भारतका लागि मोहमद सामीले उत्कृष्ट बलिङ गरे । उनले १० ओभर बलिङ गर्दै ६९ रन खर्चेर ५ विकेट लिए भने कुलदीप यादव र जस्प्रीत बुमराहले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ७ : १० बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता