एउटै रुखमा फल्छन् ४० किसिमका फलफूल ! « Khabarhub

एउटै रुखमा फल्छन् ४० किसिमका फलफूल !


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– हामीले सामान्यतया एउटा रुपमा एउटै किसिमको फलफूल फल्छ भन्ने देखेका र सुनेका छौं । कलमी गरेर एउटा बोटबाट फरक किसिमको फलफूल फलाइएको विषयमा पनि सायद तपाईहरुलाई जानकारी हुनसक्छ ।

तर, अमेरिकामा भने एउटै रुखमा ४० किसिमका फलफूल फल्ने गरेको पाइएको छ । एक भिजुअल आर्टसका प्राध्यापकले त्यस्तो अद्भूत रुख तयार गरेका हुन् ।

उक्त रुखको नाम ट्रि अफ ४० फ्रुट्स दिइएको छ । यस रुखमा एप्रिकोट, चेरी, आरु, बखडालगायतका ४० थरीका फलफूल फल्दछन् । यो रुखको मूल्य मूल्य ३० हजार डलर पर्दछ ।

सेराक्युज विश्वविद्यालयका भिजुअल आर्टसका प्राध्यापक स्याम वान ऐकेन यस अनौठो रुखका सर्जक हुन् । यो रुखको सिर्जना गर्नका लागि उनले विज्ञानको सहारा लिएका छन् ।

सन् २००८ मा उनले यस कामको सुरु गरेका थिए । प्राध्यापक वान किसान परिवारमै जन्मिएका व्यक्ति हुन् । उनले न्युयोर्कको एउटा बन्द हुनै आँटेको कृषि बगैँचालाई भाडामा लिएर त्यहीँ नै ग्राफ्टिङ विधिको माध्यमबाट ट्रि अफ फोर्टी जस्तो अद्भुत रुख सिर्जना गराउन सफल भएका हुन् ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ६ : १९ बजे

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ