ब्राजिलको जेलमा विरोधी गिरोहबीचको लडाइँमा ५२ को मृत्यु « Khabarhub

ब्राजिलको जेलमा विरोधी गिरोहबीचको लडाइँमा ५२ को मृत्यु


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ब्राजिलमा एउटा जेलभित्र प्रतिद्वन्द्वी समूहहरूबीच भएको हिंसामा कम्तिमा ५२ जना मारिएका छन् । पारा प्रान्तको अल्टामिरास्थित जेलभित्रको एउटा भवनका बन्दीले अर्को भवनमा आक्रमण गरेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

अधिकारीहरूले पत्रकार सम्मेलनमा बताए अनुसार १६ जनाको घाँटी काटिएको थियो भने अन्यको मृत्यु जेलको एउटा भागमा आगो लगाइएपछि धुवाँमा निसासिएर भएको बीबीसीले उल्लेख गरेका छ ।

स्थानीय समय अनुसार बिहान करिब सात बजे शुरुको हिंसा मध्याह्नमा बल्ल नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन्। जेलबाट लिइएको भनिएको ब्रजिलका संचार माध्यममा प्रसारित भिडिओ फुटेजमा कम्तिमा एउटा बन्दीगृहबाट धुवाँ निस्किरहेको देखिन्छ।

प्रान्तीय सरकारले विज्ञप्ति जारी गर्दै कमान्डो क्लासिया ए (सीसीए) नामको गिरोहका सदस्यहरूले विरोधी समूह रेड कमान्ड सदस्यहरू राखिएको भवनमा आगो लगाएको जनाएको छ। विज्ञप्तिका अनुसार त्यो स्तरको घटना हुने पूर्व चेतावनी वा सङ्केत थिएन।

सोमवार हिंसा भड्किएको अल्टामिराको जेलको क्षमता २०० जना अटाउने भए पनि त्यहाँ करिब ३०० कैदी छन्। ब्राजिलको सञ्चार माध्यमका अनुसार घटनामा संलग्न समूहका नेतालाई संघीय कारागारमा सरुवा गर्न लागिएको छ।

ब्रजिलका कारागारहरूमा हिंसा असामान्य होइन। ब्रजिलका जेलमा सात लाख बन्दी छन्। विश्वमै सबैभन्दा बढी बन्दी रहेका देशहरूमा ब्रजिल तेस्रो हो। त्यहाँ देशभरका जेलमा भिडभाडको समस्या छन्। यहाँ प्रतिद्वन्द्वी समूहहरूबीच बारम्बार झडप हुने गर्छ।

मे महिनामा एकै दिन चार फरक कारागारमा ४० जना मारिएका थिए। त्यो घटना १५ जना बन्दीको मृत्यु भएको भोलिपल्ट भएको थियो।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ८ : २१ बजे

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौं – सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

गाँजाखेतीलाई वैधानिक बनाउने विधेयकमाथि छलफल जारी

गण्डकी- गाँजाखेतीलाई कानुनी वैधता दिन गण्डकी प्रदेश सरकारले ल्याएको विधयक

गुल्मीमा चट्याङ लागेर ६ जना घाइते

गुल्मी- वर्षासँगै परेको चट्याङ लागेर गुल्मीका विभिन्न स्थानमा छ जना