ब्राजिलको जेलमा विरोधी गिरोहबीचको लडाइँमा ५२ को मृत्यु | Khabarhub Khabarhub

ब्राजिलको जेलमा विरोधी गिरोहबीचको लडाइँमा ५२ को मृत्यु


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ब्राजिलमा एउटा जेलभित्र प्रतिद्वन्द्वी समूहहरूबीच भएको हिंसामा कम्तिमा ५२ जना मारिएका छन् । पारा प्रान्तको अल्टामिरास्थित जेलभित्रको एउटा भवनका बन्दीले अर्को भवनमा आक्रमण गरेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

अधिकारीहरूले पत्रकार सम्मेलनमा बताए अनुसार १६ जनाको घाँटी काटिएको थियो भने अन्यको मृत्यु जेलको एउटा भागमा आगो लगाइएपछि धुवाँमा निसासिएर भएको बीबीसीले उल्लेख गरेका छ ।

स्थानीय समय अनुसार बिहान करिब सात बजे शुरुको हिंसा मध्याह्नमा बल्ल नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन्। जेलबाट लिइएको भनिएको ब्रजिलका संचार माध्यममा प्रसारित भिडिओ फुटेजमा कम्तिमा एउटा बन्दीगृहबाट धुवाँ निस्किरहेको देखिन्छ।

प्रान्तीय सरकारले विज्ञप्ति जारी गर्दै कमान्डो क्लासिया ए (सीसीए) नामको गिरोहका सदस्यहरूले विरोधी समूह रेड कमान्ड सदस्यहरू राखिएको भवनमा आगो लगाएको जनाएको छ। विज्ञप्तिका अनुसार त्यो स्तरको घटना हुने पूर्व चेतावनी वा सङ्केत थिएन।

सोमवार हिंसा भड्किएको अल्टामिराको जेलको क्षमता २०० जना अटाउने भए पनि त्यहाँ करिब ३०० कैदी छन्। ब्राजिलको सञ्चार माध्यमका अनुसार घटनामा संलग्न समूहका नेतालाई संघीय कारागारमा सरुवा गर्न लागिएको छ।

ब्रजिलका कारागारहरूमा हिंसा असामान्य होइन। ब्रजिलका जेलमा सात लाख बन्दी छन्। विश्वमै सबैभन्दा बढी बन्दी रहेका देशहरूमा ब्रजिल तेस्रो हो। त्यहाँ देशभरका जेलमा भिडभाडको समस्या छन्। यहाँ प्रतिद्वन्द्वी समूहहरूबीच बारम्बार झडप हुने गर्छ।

मे महिनामा एकै दिन चार फरक कारागारमा ४० जना मारिएका थिए। त्यो घटना १५ जना बन्दीको मृत्यु भएको भोलिपल्ट भएको थियो।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ८ : २१ बजे

स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्क स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

लस एन्जल्स- अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

काठमाडौं– नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर

इजरायलबाट फर्किएर विपिनको आमा र बहिनीले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं– इजरायलमा सशस्त्र समूह हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीका

विजयपुरकी महारानी थाङसामा कसरी छोरी, कसरी रानी ?

याक्थुङ/लिम्बूवान क्षेत्रका राजाहरूका रानी/महारानीमध्ये इतिहासमा उल्लेखित एकमात्र महारानी थाङसामा हुन्

‘बिग्रिएको ग्याष्ट्रिकले अल्सर हुँदै क्यान्सर निम्त्याउँछ भन्ने बुझाइ गलत’ 

मलाई ग्याष्ट्रिकको समस्या छ नभन्ने मान्छे प्राय बिरलै भेटिन्छन् ।