पीएसजीका खेलाडीमा ‘इगो’ छ- ड्राक्जलर « Khabarhub

पीएसजीका खेलाडीमा ‘इगो’ छ- ड्राक्जलर


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का खेलाडीहरुमा ‘इगो’ को समस्या रहेको जर्मनका विङ्गर जुलियन ड्राक्जलरले बताएका छन् । ड्राक्जलरले खेलाडीमा इगो हुँदा टिमलाई फाइनदा नहुने बताएका छन् ।

ड्राक्जलरले स्टार खेलाडी नेयमार, इडिन्सन काभानी, केलियन एम्बाप्पेसँग खेलिसकेका छन् । उनले नेयमारसग बार्सिलोनामा रहँदा खेलेका थिए भने काभानी र एम्बाप्पेसँग लिग वान च्याम्पियन पीएसजीबाटै खेलेका थिए । ‘यीनिहरु सबै रुचाइएका खेलाडी हुन् ।

अहिले यस्ता खेलाडी विश्वभर खोजेर पनि पाइदैनन्,’ड्राक्जलरले एएफपीसँग भने,‘तर, पक्कै पनि तिनीहरुसँग आफ्नो विबेक छ । उनीहरु फुटबलबाटै बाँची रहेका छन् । उनीहरु हरेक खेलमा गोल गर्न चहान्छन् । त्यसैले तिनीहरुमा ‘इगो’ छ ।’

पूर्व टिममेटहरुबारे बोल्दै ड्राक्जलरले भने,‘त्यसैले कहिले काँही इगोले पुरा टिमलाई सहज बनाउँदैन । तर, यदि तपाईलाई यी खेलाडीसँग खेल्ने अवसर मिले तपाई हरेक दिन खुसी रहन सक्नु हुन्छ ।’

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  १० : २० बजे

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्

एमाले महाधिवेशन : मतदान जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी