‘कबड्डी ३’ भदौ १३ मा नआउने « Khabarhub

‘कबड्डी ३’ भदौ १३ मा नआउने


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ३’ भदौ १३ मा रिलिज नहुने भएको छ । पहिले यो फिल्म ‘मारुनी’ सँगै रिलिज हुने भनिएको थियो । अब भने यो फिल्म असोज १३ मा रिलिज हुने भएको  छ ।

यो मितिमा बाहुबली स्टार प्रभासको फिल्म ‘साहो’ पनि रिलिज हुँदैछ । ‘साहो’ रिलिज हुने भएपछि ‘कबड्डी कबड्डी कबड्डी’ को रिलिज मिति पछाडि सरेको हो ।

स्वजातीय विवाह र अन्तर्जातीय प्रेमसम्बन्धको द्वन्द्वात्मक कथामा आधारित यो फिल्ममा दयाहाङ राई र उपासना सिंह ठकुरीको शीर्ष भूमिका रहेको छ । हालै फिल्मको ‘दूबो फुल्यो’ बोलको गति सार्वजनिक गरिएको थियो ।

बाँसुरी फिल्मसको लगानी र सिनेमा आर्टको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, बुद्धि तामाङ, अरुणा कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको कथा रहेको छ । लभस्टोरी र कमेडी जानरामा निर्माण भएको यो फिल्म यस वर्षको प्रतीक्षित फिल्म हो ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ११ : ०५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु