८९ किलो गाँजासहित वीरगन्जबाट ४ भारतीय नागरिक पक्राउ « Khabarhub

८९ किलो गाँजासहित वीरगन्जबाट ४ भारतीय नागरिक पक्राउ


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले ८९ किलो गाँजासहित ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पर्साको वीरगन्ज महानगरपालिका–२५ ड्राइपोर्ट बहुअरी क्षेत्रबाट नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर–२८–जी–२७७० को बोलोरो गाडीमा सवार ४ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।

चेकजाँचका क्रममा बीआर–२८–जी–२७७० नम्बरको गाडीमा ८९ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ पर्नेमा भारतीय राज्य बिहारअन्तर्गतको मोतिहारी जिल्ला विसुनपुर–३ का ३१ वर्षीय नुर मोहम्मद हुसेन, बिहार मोतिहारीकै फुलवरिया–११ का ३२ वर्षीय असलम आलम साइन, फुलवरिया–११ कै २८ वर्षीय इर्साद साइन र मोतिहारीअन्तर्गतको सितलपट्टी घर भएका सुनिल साह छन् ।

उनीहरुले गाडीमा विशेष प्रकारको फल्स बटम बनाएर लुकाइछिपाइ भारततर्फ गाँजा तस्करी गरिरहेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ११ : ४३ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६