दरबारमार्गस्थित डेजाभु क्लबका अध्यक्ष मनोज श्रेष्ठ पक्राउ « Khabarhub

दरबारमार्गस्थित डेजाभु क्लबका अध्यक्ष मनोज श्रेष्ठ पक्राउ


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको दरबारमार्गस्थित डेजाभु लाउन्ज (क्लब)का अध्यक्ष मनोज श्रेष्ठ पक्राउ परेका छन् ।

गत पुसदेखि प्रहरीको खोजी सूचीमा रहेका श्रेष्ठ आइतबार हङकङबाट नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी रहेका श्रेष्ठविरुद्ध प्रहरीले गत पुस १० गते इन्टरपोलमा डिफ्युजन नोटिस समेत जारी गरेको थियो ।

श्रेष्ठले दरबारमार्गस्थित डेजाभु क्लबको मर्मतका लागि भन्दै विश्वराम श्रेष्ठसँग २ करोड रुपैयाँ ऋण लिएका थिए । तर, उनले ऋण नतिरी विश्वरामलाई आफू अध्यक्ष रहेको डेजाभु प्रालिका नाममा रहेको बैंकको खाताको चेक दिएका थिए ।

तर, बैंकले खातामा पैसा नरहेको भन्दै चेक बाउन्स गरिदिएको थियो । चेक बाउन्स भएपछि विश्वरामले गत पुस ९ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा मनोज श्रेष्ठविरुद्ध बैंकिङ कसुर अपराधमा जाहेरी दर्ता गरेका थिए ।

आइतबार पक्राउ परेका श्रेष्ठलाई महानगरीय प्रहरी परिसरले हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ११ : ५४ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको