‘जीरो’ पछि अनुष्काले किन लिएकी थिइन् फिल्मबाट ब्रेक? खुलाइन् कारण « Khabarhub

‘जीरो’ पछि अनुष्काले किन लिएकी थिइन् फिल्मबाट ब्रेक? खुलाइन् कारण


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अनुष्का शर्मा सन् २०१८ मा खुबै व्यस्त रहिन् । उनका चार फिल्म एकै वर्ष रिलिज भए । तर, डिसेम्बरमा रिलिज भएको फिल्म ‘जीरो’ पछि उनले कुनै फिल्म साइन गरिनन् । यो फिल्म बक्स अफिसमा फ्लप भएको थियो ।

बीचमा केही समय चर्चा चलिरहेको थियो कि, अनुष्काले बलिउड छोड्दैछिन् । तर यो खबर गलत साबित भएको छ ।

फिल्मफेयरमा दिएको एक अन्तर्वार्तामा अनुष्काले फिल्मबाट ब्रेक नलिने खुलाइन् । उनले भनिन्, ‘जीरो रिलिजपछि म केही महिना फुर्सदमा बस्न चाहन्थेँ ।’

उनले आफू एकपछि अर्को गर्दै फिल्ममा काम गरिरहेका कारण समय मिलाउन गाह्रो भएको र सोही कारण फिल्मबाट केही समयका लागि ब्रेक लिएको बताइन् । ‘मैले समय मिलाएर विराटलाई भेट्थेँ, मलाई यस्तो लागिरहेको थियो कि, मैले धेरै नै काम गरेँ ।’

उनले आफूलाई २ महिना ब्रेक चाहिएकाले आफ्नो टिमसँग पनि सल्लाह गरेको बताइन् । उनले फिल्मबाट ब्रेक लिएको बताए पनि अब कुन फिल्ममा काम गर्दैछिन् भन्ने खुलाइनन् । फिल्मबाट ब्रेक लिँदा अनुष्काले आफ्नो पूरै समय विराटसँग बिताएकी थिइन् । विराट र अनुष्काले सन् २०१७ मा बिहे गरेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  १२ : १२ बजे

बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु 

काठमाडौं– दोलखाबाटको ल्याप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको