सरकारले ‘सुगम जिल्ला’ भनेर उद्धार गरेन, समयमै उपचार नपाउँदा सुत्केरीको ज्यान गयो « Khabarhub

सरकारले ‘सुगम जिल्ला’ भनेर उद्धार गरेन, समयमै उपचार नपाउँदा सुत्केरीको ज्यान गयो


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘म्याडम ! यहाँ एकजना सुत्केरी महिलाको अत्याधिक रक्तश्राव भयो, त्रिशुली अस्पतालमा उपचार सम्भव भएन, तत्काल उद्धार गर्नुपुर्यो ।’

‘तपाई कुन जिल्लाको कुन गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ ?’

‘नुवाकोटको तार्केश्वर गाउँपालिका ५ नम्बर वडाको सुत्केरीलाई उद्धार गर्नुपर्ने हजुर !’

‘तपाई सुगम जिल्लाभित्रको पर्नुभयो । हाम्रो हवाई उद्धार कार्यविधिमा तपाईको सुत्केरीको उद्धार पर्दैन । मैले मात्रै चाहेर उद्धार गर्न सक्दिन, बरु उहाँलाई कसरी बचाउँन सकिन्छ अर्को विकल्प खोज्नु ।’

केही दिन अगाडि राष्ट्रपति महिला उत्थान कार्यक्रमकी संयोगक अञ्जु ढुंगाना र नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का स्थानीयबीच भएको सम्वाद हो यो ।

नुवाकोटको त्रिशुली अस्पतालमा सुत्केरी भएकी तारकेश्वर गाउँपालिका वडा नम्बर ५ की ३५ वर्षीया गोमा वस्तीको अत्याधिक रक्तश्राव भयो । त्रिशुली अस्पतालमा उपचार सम्भव नभएपछि अस्पताल र आफन्तले सरकारको हवाई उद्धार कार्यक्रमबाट सहयोग लिने निर्णय गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा फोन गरे ।

तर, नुवाकोटलाई सरकारले सुगम जिल्ला मानेको भन्दै हवाई उद्धार गर्ने नियम नभएका भन्दै राष्ट्रपति महिला उत्थान कार्यक्रमकी संयोजक ढुंगानाले सुत्केरी महिलालाई हेलिकोप्टरमार्फत उद्धार गर्न नसकिने जवाफ दिइन् ।

सरकारले सुगम भनेपनि  नुवाकोटको गोमाले भने राम्रो स्वास्थ्य उपचार पाउन सकिनन् । अत्याधिक रक्तश्राव हुँदा समयमै उद्धार र उपचार नपाएपछि उनको मृत्यु भयो ।

यो त प्रतिनिधि घटना मात्रै हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुगम जिल्लाका जोखिममा परेका सुत्केरीहरु कार्यविधि भित्र नपरेको भन्दै उद्धार गर्न नसकिने जवाफ फोनमै दिने गर्छ ।

‘केही सयम अघि नुवाकोट, मकवानपुर र सिन्धुलीबाट उद्धारको लागि भन्दै फोन आएको थियो, उहाँहरुले फोन गर्ने वित्तिकै मैले त्यो कार्यविधिमा परेको छैन, अरु कसरी बचाउन सकिन्छ अरु विकल्प गर्नुस् भने,’ राष्ट्रपति महिला उत्थान कार्यक्रमकी संयोगक ढुंगानाले खबरहबसँग भनिन्, ‘सरकारले हिमाली र पहाडी दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेको सुत्केरी र गर्भवती महिलाको उद्धार गर्ने भनेको छ, त्यही अनुसारको कार्यविधि छ, कार्यविधिमा परेकालाई मात्रै हामीले उद्धार गर्ने हो ।’

सरकारले लगातार लामो प्रशव बेथा लागि बच्चा जन्माउन कठिनाइ भएको, गर्भमा नै बच्चाको मृत्यु भएको, गर्भावस्थामा शरीर सुनिएको, प्रसूति भइसकेपश्चात अत्यधिक रक्तश्राव भएको र स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवती महिलालाई ‘ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला’ भनि परिभाषित गरेको छ ।

सरकारले यस्ता समस्यामा परेका सुत्केरी तथा गर्भवतीको तत्काल उद्धार गर्नुपर्ने बताए पनि सरकारी उद्धार भने सीमित क्षेत्रका महिलाका लागि मात्रै तोकेको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दूर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको हवाई उद्धार सम्बन्धी कार्यविधिले ३४ जिल्लामा पूर्ण ४ जिल्लामा आंशिक रुपमा यो कार्यक्रम लागु गरेको हो ।

सरकारले गत पुसदेखि हालसम्म संचालन गरेको उक्त कार्यक्रमबाट निर्धारित क्षेत्रका ३० जना गर्भवतीको उद्धार भएको जनाएको छ ।

तर, पुसदेखी हालसम्म समयमै उद्धार नपाएर ज्यान घुमाएका सुगमका सुत्केरी तथा गर्भवतीको तथ्यांक भने सरकारसँग छैन । सरकारले सुगम भने पनि समयमै स्वास्थ्य उपचार नपाउँदा धादिङ, नुवाकोट, मकवानपुर सिन्धुली लगायतका जिल्लाका गर्ववती तथा सुत्केरीको स्वास्थ्य अवस्थामा भने जोखिममै छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  १ : ३९ बजे

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक