मलेसियाको रोजगारी खुलाउन माग गदै विभाग घेराउ « Khabarhub

मलेसियाको रोजगारी खुलाउन माग गदै विभाग घेराउ


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगार व्यवसाय संघले एक वर्षदेखि बन्द मलेसियाको रोजगार खुलाउन माग गदै वैदेशिक रोजगार विभाग घेराउ गरेका छन् । मलेसिया रोजगारीका विषयमा सरकारको आधिकारिक धारण माग गदै विभाग घेराउ गरेको संघले जानकारी दिएको छ ।

मलेसिया एक वर्षदेखि बन्द हुँदा धेरै म्यानपावर कम्पनी बन्द हुने सम्भावना रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउन विभाग घेराउ गरेको संघका उपाध्यक्ष रामप्रसाद भन्तानाले जानकारी दिएका छन् ।

सरकारले म्यानपावर व्यवसायीलाई विभिन्न बाहानामा अप्ठयारोमा पर्ने काम भइरहेको उनको आरोप छ । सरकारले पछिल्लो समय वैदेशिक रोजगार ऐन संशोधन गरेर म्यानपावर व्यवयासीलाई अपराधी भन्न खोजीरहेको प्रति व्यवसायी एक जुट भएर आन्दोलन गरीरहेको उपाध्यक्ष भन्तानाले जानकारी दिए ।

वैदेशिक रोजगार ऐन २०६४ शसोधन गरेर धरौटी बृद्धि गरेको थियो । यो विषयमा व्यवसायीले सुरुदेखि विराध गदै आएका छन् । व्यवसायीले धरौटी राखेको पैसाको व्याज पाउनुपर्ने, सीप प्रमाणिकणको निर्णय तत्काल लागू नगर्ने र अन्य कानूनी बन्देजभित्र नपर्ने माग गदै आन्दोलनमा गदै आएका छन् ।

व्यवसायीले यो भन्दा अगाडी पनि वैदेशिक रोजगारीमा कामदार पठाउन एक हप्ता बन्द गरेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  १ : ४२ बजे

‘मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई लयमा फर्काउने

राष्ट्रियसभामा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभामा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन

युवाहरूमा राष्ट्र सेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय क्याडेट कोर

कांग्रेसको प्रतिज्ञापत्र आइतबार दिउँसो सार्वजनिक हुने

काठमाडौं– नेपाली कांग्रेसले चुनाव केन्द्रित प्रतिज्ञापत्र आगामी आइतबार सार्वजनिक गर्ने

चुनावी घोषणापत्रमा आजपाको मुख्य एजेण्डा : प्रत्यक्ष कार्यकारी र एक घर-एक रोजगारी

काठमाडौं– आम जनता पार्टी (आजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ