यु–१५ साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल भारतसँग खेल्ने « Khabarhub

यु–१५ साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल भारतसँग खेल्ने


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी अगस्टमा आयोजना हुने यू–१५ साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक खेल तालिकाअनुसार नेपालले पहिलो खेल घरेलु टोली भारतसँग खेल्नेछ ।

साफ च्याम्पियनसिप अगस्ट २१ देखि ३१ सम्म भारतको कल्याणी रंगशालामा आयोजना हुनेछ । यस प्रतियोगितामा नेपालसहित बंगलादेश, भुटान, श्रीलंका र भारत रहेका छन् । खेल राउण्ड रोविन पद्धतीमा हुनेछ भने शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको तालिकाअनुसार नेपाल र भारतबीचको खेल अगस्ट २१ मा कल्याणी रंगशालामा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेलमा श्रीलंकासँग अगस्ट २३, तेस्रो खेलमा बंगलादेशसँग अगस्ट २७ र अन्तिम खेलमा भुटानसँग अगस्ट २९ मा खेल्नेछ ।

अघिल्लो वर्ष साफ च्याम्पियनसिप नेपालले आयोजना गरेको थियो भने बंगलादेश विजेता बनेको थियो ।

खेल तालिका हेर्नुहोस्

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ३ : ०७ बजे

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन