कंगनाको ‘जजमेन्टल है क्या’ विवादमा फस्यो, लाग्यो चोरीको आरोप | Khabarhub Khabarhub

कंगनाको ‘जजमेन्टल है क्या’ विवादमा फस्यो, लाग्यो चोरीको आरोप


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कंगना रनावत र राजकुमार राव स्टारर फिल्म ‘जजमेन्टल क्या है’ विवादमा एकपटक हैन, पटकपटक मुछिएको छ । यो फिल्म घोषणाको समयदेखि नै बलिउडमा चर्चा छ । फिल्मको प्रचारका दौरान पनि कंगनाको पत्रकारसँग झडप भएको थियो ।

अहिले यो फिल्मको पोस्टरमाथि चोरीको आरोप लागेको छ । हंगेरीकी फोटोग्राफर तथा भिजुअल आर्टिस्ट फ्लोरा बोर्सीले चोरीको आरोप लगाएकी छिन् । ‘जजमेन्टल क्या है’ को पोस्टर ती आर्टिस्टको तस्वीरसँग धेरै मिल्छ ।

उनले लेखेकी छिन्, ‘यो फिल्मको पोस्टरले मेरो कलाको चोरी गरेको छ, कसैले मलाई बताउन सक्छ कि, यो के भइरहेको छ? यो पक्कै पनि राम्रो होइन ।’

यो ट्वीटसँग फ्लोराले राजकुमार रावको ट्वीटलाई पनि रिट्वीट गरेकी छिन् । उनले लेखेकी छिन्, यो पोस्टर देखेर मलाई यस्तो लागिरहेको छ कि, यो मेरो नै काम हो ।

फ्लोराले फेसबूकमा पनि दुवै पोस्टर जोडेर फरक छुट्याउन आफ्ना साथीहरुलाई आग्रह गरेकी छिन् । यसबारेमा फिल्म युनिट भने चुप छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ३ : ४० बजे

घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन

म्याग्दी– घुम्ती गोठमा पशुपालन गर्ने म्याग्दीका किसानहरूले सुरक्षा र सहयोगका

तिहारमा पटाका पड्काउनेलाई कारवाही हुने

काठमाडौं– तिहारमा पटाका पड्काउनेलाई प्रहरीले कारवाही गर्ने बताएको छ ।

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

महेन्द्रनगर– जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा आज  एक वृद्धको मृत्यु भएको

खाँदबारीबाट जुवातास खेलिरहेका सात जना पक्राउ

किमाथांका– सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट जुवातास खेल्ने सात जना पक्राउ परेका

बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री

भक्तपुर– तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका