नेयमारमाथिको बलात्कार ‘केश’ प्रमाण नजुटेपछि बन्द | Khabarhub Khabarhub

नेयमारमाथिको बलात्कार ‘केश’ प्रमाण नजुटेपछि बन्द


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पीएसजी) ब्राजिलियन स्टार खेलाडी नेयमारमाथि लागेको बलात्कारको मुद्दा प्रहरीले बन्द गरेको छ ।

मंगलबार सान पाउला एटर्नीका प्रहरी अधिकारीले अनुसन्धानका क्रममा बलात्कारका कुनै पनि प्रमाण नभेटिएपछि केश बन्द गरेको बताउँदै अन्तिम निर्णय कानुनी प्रतिनिधिबाट आउने बताएका छन् ।

ब्राजिलियन मोडल नाइजील त्रिन्दाडेले नेयमारले आफुमाथि पेरिसमा बतात्कार गरेको आरोप लगाएकी थिइन् । उनले गएको मे महिनामा पेरिस बोलाएर होटलमा जवरजस्ती गरेको एक टेलिभिजन अन्तरवार्तामा बताएकी थिइन् ।

तर, नेयमारले शुरुदेखि नै उक्त आरोप अस्वीकार गर्दै आएका थिए । नेयमारका प्रवक्ताले जनाएअनुसार उनी प्रहरीको निर्णयमा कुनै प्रतिक्रिया जनाउन नचहाएको बताएका छन् ।

नेयमारमाथि बलात्कार आरोप लागेपछि उनी विश्व भरका पत्रपत्रिकाको मुख्य हेडलाइन बनेका थिए । इन्टाग्राममा गएको जुन महिनामा नेयमारले ७ मिनेटको भिडियो सार्वजनिक गरेपछि यो घटना बल्झिएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ५ : २५ बजे

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार