नेयमारमाथिको बलात्कार ‘केश’ प्रमाण नजुटेपछि बन्द « Khabarhub

नेयमारमाथिको बलात्कार ‘केश’ प्रमाण नजुटेपछि बन्द


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पीएसजी) ब्राजिलियन स्टार खेलाडी नेयमारमाथि लागेको बलात्कारको मुद्दा प्रहरीले बन्द गरेको छ ।

मंगलबार सान पाउला एटर्नीका प्रहरी अधिकारीले अनुसन्धानका क्रममा बलात्कारका कुनै पनि प्रमाण नभेटिएपछि केश बन्द गरेको बताउँदै अन्तिम निर्णय कानुनी प्रतिनिधिबाट आउने बताएका छन् ।

ब्राजिलियन मोडल नाइजील त्रिन्दाडेले नेयमारले आफुमाथि पेरिसमा बतात्कार गरेको आरोप लगाएकी थिइन् । उनले गएको मे महिनामा पेरिस बोलाएर होटलमा जवरजस्ती गरेको एक टेलिभिजन अन्तरवार्तामा बताएकी थिइन् ।

तर, नेयमारले शुरुदेखि नै उक्त आरोप अस्वीकार गर्दै आएका थिए । नेयमारका प्रवक्ताले जनाएअनुसार उनी प्रहरीको निर्णयमा कुनै प्रतिक्रिया जनाउन नचहाएको बताएका छन् ।

नेयमारमाथि बलात्कार आरोप लागेपछि उनी विश्व भरका पत्रपत्रिकाको मुख्य हेडलाइन बनेका थिए । इन्टाग्राममा गएको जुन महिनामा नेयमारले ७ मिनेटको भिडियो सार्वजनिक गरेपछि यो घटना बल्झिएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ५ : २५ बजे

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,