मलेसियाले आउँदो अगष्टदेखि विदेशी कामदार लैजाने « Khabarhub

मलेसियाले आउँदो अगष्टदेखि विदेशी कामदार लैजाने


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारी खुल्ने भएको छ । मलेसिया सरकारले अगष्ट महिनादेखि विदेशी कामदार रोजगारीका लागि लैजाने प्रक्रिया गर्ने भएको छ ।

गत वर्षदेखि आन्तरिक समस्या देखाउदै विदेशी कामदार ल्याउन मलेसिया सरकारले बन्द गरेको थियो । रोजगारीका लागि मलेसियाले विदेशी कामदारमाथि विभिन्न संस्थाले आर्थिक शोषण गरेको आरोप लागेपछि कानून निर्माण गर्ने भन्दै त्यहाँ सरकारले सन् २०१८ देखि विदेशी कामदार लैजान रोक लगाएको थियो ।

रोजगारीका लागि मलेसयामा विदेशी श्रमिकको करारअवधिभर उनीहरुको गतिविधिका विषयमा जानकारी राख्ने अनलाइन प्रणालीको विकास गरी विदेशी कामदार लैजाने तयारी भइरहेको मलेसियाको अध्यागमन विभागलाई उदृत गदै मलेसियाली विभिन्न सञ्चारमाध्यम जनाएका छन् ।

मलेसिया रोजगारीका लागि जाने विदेशी कामदारको सवै प्रमाण अब अनलाइनबाट अध्यागमनले निगरानी गर्ने भएको छ । मलेसिया हाल पनि अवैध रुपमा बसी २० लाख विदेशी कामदारले रोजगारी गरिरहेका जनाइएको छ ।

ती कामदार आममाफीको प्रक्रियाको माध्यमबाट स्वदेश फर्किन मलेसिया सरकारले अवसर दिएको छ । गत जुलाईदेखि अगष्ट अन्तिमसम्म सवै अवैध रुपमा बसेका विदेशी कामदार आममाफी प्रक्रियामा सहभागी हुन मलेसियाको अध्यागमनले अपिल गरेको छ ।

मलेसियामा १ लाख ५० हजार नेपाली अवैध भइ रोजगारी गरिरहेको मलेसियास्थित नेपाली दूतावासले जनाउँदै आएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ५ : ३९ बजे

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल