जनकपुरधाम उपमहानगरपालिकाका उपसचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

जनकपुरधाम उपमहानगरपालिकाका उपसचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव)सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका लागि विद्युतीय सामग्री खरिद गर्दा ११ लाख ३५ हजार ४ सय ११ रुपैयाँ ५७ पैसा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जना कर्मचारी र १ जना ठेकेदारसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

अख्तियारले गरेको छानबिनअनुसार जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत अर्जुन प्रसाद सुवेदीसँगको मिलेमतोमा एउटै व्यक्तिबाट ३ ओटा कम्पनीको कोटेशन हाल्न लगाइ ११ लाख ३५ हजार रुपैयाँ अनियमितता भएको भेटिएको हो ।

प्रमुख कार्यकारी अधिकृत सुवेदीले सत्या इन्टरप्राइजेजका मनिषकुमार मिश्रसँगको मिलेमतोमा अनियमितता गरेका अख्तियारको दाबी छ । अख्तियारका अनुसार सुवेदीले सत्या इन्टरप्राइजेजका मिश्रलाई अन्य २ कम्पनीको नामबाट समेत कोटेशन हाल्न लगाएका थिए ।

उक्त अनियमितता प्रकरणमा प्रमुख कार्यकारी अधिकृत सुवेदीका अतिरिक्त अर्का उपसचिव मदन घिमिरे, शाखा अधिकृत ललनकुमार ताल कर्ण, लेखापाल दिनेश चौधरी र नायव सुब्बा अब्दुल जव्वारको समेत मिलेमतो रहेको अख्तियारको दाबी छ ।

५ जना कर्मचारीसहित सत्या इन्टरप्राइजेजका मनिषकुमार मिश्रविरुद्ध ११ लाख ११ लाख ३५ हजार ४ सय ११ रुपैयाँ ५७ पैसा बिगो दावी गरेको छ । अख्तियारले ५ जना कर्मचारीको हकमा भ्रष्टाचार नियन्त्रण ऐन, २०५९ को दफा (८)को उपदफा (१) बमोजिम ३ वर्षसम्म र सोही ऐनको दफा (८)को उपदफा (३) बमोजिम थप दुई वर्ष समेत गरी ५ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

सत्या इन्टरप्राइजेजका मनिषकुमार मिश्रविरुद्ध भने बिगो असुलउपरका अतिरिक्त भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (८)को उपदफा (४) बमोजिम २ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ५ : ५४ बजे

क्यानाडाको अर्थतन्त्र तीन महिना २.९ प्रतिशतले वृद्धि

एजेन्सी – क्यानाडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि भएको

बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी बने वरिष्ठ नायव निरीक्षक कोइराला

काठमाडौं – बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ नायव निरीक्षक

सीमा क्षेत्रमा हिंसा हुँदा पाकिस्तानद्वारा अफगान नाकामा कडाई

काठमाडौँ– अफगानिस्तानको स्पिन बोल्दाक नाकामा पाकिस्तानले कडाई गरेको छ ।

मधेस प्रदेश सरकारका तीन मन्त्री पराजित, चार जना पुनः निर्वाचित

जनकपुरधाम – मधेस प्रदेश सरकारका तीन जना मन्त्री पराजित भएका

एकीकृत समाजवादीद्वारा प्रदेश र जिल्लालाई प्रतिवेदन उपलब्ध गराउन निर्देशन

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले प्रतिनिधिसभा र