जनकपुरधाम उपमहानगरपालिकाका उपसचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

जनकपुरधाम उपमहानगरपालिकाका उपसचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव)सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका लागि विद्युतीय सामग्री खरिद गर्दा ११ लाख ३५ हजार ४ सय ११ रुपैयाँ ५७ पैसा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जना कर्मचारी र १ जना ठेकेदारसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

अख्तियारले गरेको छानबिनअनुसार जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत अर्जुन प्रसाद सुवेदीसँगको मिलेमतोमा एउटै व्यक्तिबाट ३ ओटा कम्पनीको कोटेशन हाल्न लगाइ ११ लाख ३५ हजार रुपैयाँ अनियमितता भएको भेटिएको हो ।

प्रमुख कार्यकारी अधिकृत सुवेदीले सत्या इन्टरप्राइजेजका मनिषकुमार मिश्रसँगको मिलेमतोमा अनियमितता गरेका अख्तियारको दाबी छ । अख्तियारका अनुसार सुवेदीले सत्या इन्टरप्राइजेजका मिश्रलाई अन्य २ कम्पनीको नामबाट समेत कोटेशन हाल्न लगाएका थिए ।

उक्त अनियमितता प्रकरणमा प्रमुख कार्यकारी अधिकृत सुवेदीका अतिरिक्त अर्का उपसचिव मदन घिमिरे, शाखा अधिकृत ललनकुमार ताल कर्ण, लेखापाल दिनेश चौधरी र नायव सुब्बा अब्दुल जव्वारको समेत मिलेमतो रहेको अख्तियारको दाबी छ ।

५ जना कर्मचारीसहित सत्या इन्टरप्राइजेजका मनिषकुमार मिश्रविरुद्ध ११ लाख ११ लाख ३५ हजार ४ सय ११ रुपैयाँ ५७ पैसा बिगो दावी गरेको छ । अख्तियारले ५ जना कर्मचारीको हकमा भ्रष्टाचार नियन्त्रण ऐन, २०५९ को दफा (८)को उपदफा (१) बमोजिम ३ वर्षसम्म र सोही ऐनको दफा (८)को उपदफा (३) बमोजिम थप दुई वर्ष समेत गरी ५ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

सत्या इन्टरप्राइजेजका मनिषकुमार मिश्रविरुद्ध भने बिगो असुलउपरका अतिरिक्त भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (८)को उपदफा (४) बमोजिम २ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ५ : ५४ बजे

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ :  मन्त्री लम्साल

रूपन्देही– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रूपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ