जङ्गली च्याउ खाँदा एक महिलाको ज्यान गयो « Khabarhub

जङ्गली च्याउ खाँदा एक महिलाको ज्यान गयो


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा जङ्गली च्याउ खाँदा एक महिलाको ज्यान गएको छ ।

जंगली च्याउ खाँदा गजेन्द्र चेम्जोङको श्रीमती वर्ष ४७ की सुनिता चेम्जोङको ज्यान गएको प्रहरीले जनाएको छ । च्याउ खाँदा बिरामी भएकी उनकी सासू ७० वर्षीय सञ्चमाया चेम्जोङको विर्तामोड स्थित मनमोहन हस्पिटलमा उपचार भइरहेको छ ।

च्याउ खाएको दुई दिन पछि वाकवाकी भएको र साउन नौ गते स्थानीय फाक्तेप स्वास्थ चौकी घुर्बिसे पञ्चमीमा उपचारको लगिएको थियो।

प्राथमिक उपचार गरि मनमोहन हस्पिटल विर्तामोड रेफर गरिको थियो। त्यहाँ सुनिताको उपचार हुन नसके पछि विपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरान पठाइएका थियो।

धरानमा आइसीयु कक्ष खाली नभएकोले विराट नर्सिङहोम विराटनगरमा उपचार गर्दै गर्दा सुनिताको साउन १४ गते बिहान ८ बजे ज्यान गएको फाक्तेप प्रहरी चौकी फाल्गुनन्द–५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक पेलेङ्गसिं धिमालले जानकारी दिए।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ५ : ५६ बजे

 समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर– देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी

बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित

सिन्धुपाल्चोक– रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित

२४३ यात्रु बोकेको इन्डोनेसियाली जहाज सम्पर्कविहीन, हराएका १४० जनाको खोजी गरिँदै

जकार्ता- इन्डोनेसियामा २४३ यात्रु बोकेको एक यात्रुवाहक जहाज आइतबार जाभा

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज बिहान भएको

अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि, सह-संयोजकमा श्यामहरि

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवासमा संगठनात्मक विस्तारका क्रममा