एटिएमबाट पैसा आएन तर खातामा रकम काटियो, अब के गर्ने ? « Khabarhub

एटिएमबाट पैसा आएन तर खातामा रकम काटियो, अब के गर्ने ?


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बैंकिङ सेवा विस्तारसँगै अटोमेटेड टेलर मेसिन ‘एटिएम’ प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको छ । यो सुविधाले एटिएमबाट सजिलै पैसा झिक्न सकिन्छ । हामी कयौँ पटक एटिएमबाट पैसा झिक्ने गर्छौं ।

कहिलेकाहीँ भने एटिएमबाट पैसा झिक्ने क्रममा हाम्रो खाताबाट पैसा काटिन्छ तर एटिएम मेसिनले पैसा दिँदैन । यस्ता घटना तपाईंले पनि जुनसुकै बेला भोग्न सक्नुहुन्छ ।

आफ्नो खाताबाट रकम काटिदा तपाईं आत्तिनु हुन्छ होला । यस्तो बेला तनाव लिने भन्दा पनि समझदारी अपनाउनु उत्तम हुनेछ । खाताबाट रकम काटियो तर एटिएमबाट पैसा नआउँदा यो कुरामा निश्चिन्त हुनुहोस् कि तपाईंको पैसा कतै हराएको छैन । तपाईंको पैसा निश्चित रुपमा फिर्ता हुने छ । कसरी ? आउनुहोस् जानी राखौँ ।

बैंकको नियमअनुसार एटिएमबाट पैसा निकाल्दा खातामा पैसा काटियो तर हातमा आएन भने निश्चित रुपमा तपाईंको पैसा कतै हराउने छैन । उक्त पैसा तपाईंको बैंक खातामा फिर्ता आउने छ । यद्यपि यसका लागि केही सर्त रहेका छन् । ति सर्तलाई पालना गर्न आवश्यक छ ।

के गर्ने ?

* एटिएमबाट पैसा आएन तर तपाईंको खाताबाट रकम काटियो भने सबैभन्दा पहिला सम्बन्धित बैंकमा गएर यसबारे जानकारी दिनुहोस् । यदि उक्त समयमा बैंक बन्द रहेछ भने बैंकको ग्राहक सेवा नम्बरमा फोन गरेर जानकारी गराउनुहोस् ।

* ट्रान्जेक्सन फेल भएको उजुरी गरेपछि कम्तीमा एक हप्ता भित्र तपाईंको खातामा काटिएको रकम फिर्ता हुनेछ । त्यसो नभएको अवस्थामा ट्रान्जेक्सन फेल भएको कारण बैंकले बताउने छ । यसका लागि ट्रान्जेक्सन फेल भएको स्लिप बैंकलाई उपलब्ध गराउनुहोस् । स्लिप नपाएको खण्डमा बैंक स्टेट्मेन्ट हेर्नुहोस् ।

* ट्रान्जेक्सन फेल हुँदैमा आत्तिहाल्नु पर्दैन । कम्तिमा २४ घण्टा पर्खनुहोस् । यो अवधिमा खातामा पैसा फिर्ता नआएको खण्डमा बैंकको सम्बन्धित शाखामा लिखित निवेदन दिनुहोस् ।

* निवेदन दिएपछि एकहप्ता भित्र तपाईंको खातामा पैसा फिर्ता हुनेछ । यदि त्यसो नभएको खण्डमा बैंकले थप प्रक्रिया अगाडि बढाएर तपाईंको पैसा फिर्ता गर्ने कार्यमा सहयोग गर्नेछ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ७ : २७ बजे

एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा : ३–० ले पराजित स्विडेन विश्वकपबाट बाहिरियो

काठमाडौँ – किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनको मद्दतले स्विडेनलाई सहजै पराजित

हालान्डको निर्णायक गोलमा नर्वे विश्वकपको अन्तिम १६ मा : अब ब्राजिलसँग भिड्ने

काठमाडौँ – फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आइभरी कोस्टलाई पराजित गर्दै

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधाबार का लागि विदेशी मुद्राको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार १७ गते बुधबार सन् २०२६

आज २०८३ साल असार १७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १७ गते बुधबार सन् २०२६