शैलुङमा ‘हाई अल्टिच्युड’ तेक्वान्दो ट्रेनिङ सेन्टर बन्ने « Khabarhub

शैलुङमा ‘हाई अल्टिच्युड’ तेक्वान्दो ट्रेनिङ सेन्टर बन्ने


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोलखाको शैलुङ गाउपालिकामा हाई अल्टिच्युड तेक्वान्दो ट्रेनिङ सेन्टर निर्माण हुने भएको छ । मंगलबार नेपाल तेक्वान्दो संघले पत्रकार सम्मेलन गरि तेक्वान्दोको उच्च क्षेत्रमा प्रशिक्षण गर्नका लागि हाई अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण गर्ने जनाएको हो ।

दोलखाको मुख्य पर्यटन स्थलका रुपमा रहेको शैलुङमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण भए खेलाडीहरुका लागि उच्च क्षेत्रमा अभ्यास गर्नु पर्दा सहज हुने संघले जनाएको छ ।

शैलुङ गाँउपालिका र तेक्वान्दो संघबीच मंगलबार जग्गा भोगचलन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलाल र संघका अध्यक्ष प्रकाश शमशेर राणाले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सम्झौतासँगै गाउँपालिकाले ट्रेनिङ सेन्टरका लागि करिब २ हजार ८ सय मिटरदेखि ३ हजार मिटरको उचाईमा रहेको ५ रोपनी क्षेत्रफलको जग्गा संघलाई उपलब्ध गराउनेछ ।

शैलुङ गाउँपालिकाले उपलब्ध गराएको जग्गामा निर्माण हुने ट्रेनिङ सेन्टर ३ वर्षभित्र सक्ने तयारी हुने संघले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ७ : ३९ बजे

एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा : ३–० ले पराजित स्विडेन विश्वकपबाट बाहिरियो

काठमाडौँ – किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनको मद्दतले स्विडेनलाई सहजै पराजित

हालान्डको निर्णायक गोलमा नर्वे विश्वकपको अन्तिम १६ मा : अब ब्राजिलसँग भिड्ने

काठमाडौँ – फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आइभरी कोस्टलाई पराजित गर्दै

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधाबार का लागि विदेशी मुद्राको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार १७ गते बुधबार सन् २०२६

आज २०८३ साल असार १७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १७ गते बुधबार सन् २०२६