चीनले किन पठायो हजारौं सेना हङकङ ? « Khabarhub

चीनले किन पठायो हजारौं सेना हङकङ ?


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन–हङकङमा पछिल्लो समय लोकतन्त्रवादी अभियानका क्रममा प्रदर्शन चर्काइएको छ । विवादास्पद सुपुर्दगी विधेयकको विरोधबाट शुरु भएको आन्दोल अधिक लोकतन्त्र, व्यक्तिगत स्वतन्त्रता तथा स्वायत्ततामा केन्द्रित भएर चर्किएको छ ।

चिनियाँ दबाबकाबीच पनि विगत १३ सातादेखि प्रदर्शन जारी राखिएको छ । प्रदर्शन जारी रहेकै बेला चीनले विहीबार मात्रै हजारौं सेना हङकङ पठाएको छ ।

हङकङको आन्दोलन हिंशातर्फ उन्मुख भएपछि बिहीबार चीनले हजारौं सेनालाई त्यसतर्फ पठाएको जनाएको छ।

पिपुल्स लिबरेसन आर्मीलाई उदृत गर्दै चिनीयाँ समाचार संस्था सिन्हवाले लेखेको छ, “चिनियाँ सेनाले हङकङमा ‘शान्ति र स्थायित्व’का लागि महत्वपूर्ण योगदान गर्नेछ । चीनले ‘योजनाबमोजिम’ नै सेना त्यसतर्फ पठाएको जनाएको छ । कुनै समय बेलायतको अधिनमा रहेको हङकङमा एसियन र पश्चिमी कूटनीतिज्ञहरुले पीएलएका पछिल्ला गतिविधिलाई नियालिरहेका छन् ।

रक्षा मन्त्रालयका प्रवक्ता रेन गुओसीङले हङकङका आन्दोलनकारीहरुले त्यहाँको कानुनको सम्मान गर्नुपर्ने र सेनाले त्यहाँको भूभागको रक्षाका लागि काम गर्ने बताएका छन् । पीएलएका लेफ्टिनेन्ट कर्नेल याङ जेङले भने, “हामीले यहाँ आउनुभन्दा पहिले अवस्थाको बारेमा अध्ययन गर्‍यौं । त्यसपछि हामीले यहाँको सुरक्षा व्यवस्थालाई कायम गर्नका लागि तालिम बढायौं ।”

अघिल्लो साता चीनले सीमा क्षेत्रमा सेना खटाएको भन्दै व्यापक बहस भएको थियो । चीनले हङकङमा सुरक्षा स्थिति खस्किएर संकट पैदा भइरहँदा आफू हेरेर नबस्ने चेतावनी दिएको थियो । हङकङमा प्रदर्शनकारीहरुले शनिबार बृहत र्‍याली निकाल्ने योजना बनाएका छन् ।

बेइजिङको मुख्य प्रतिनिधि कार्यालय रहेको हङकङको व्यापारिक केन्द्रमा नागरिक अधिकार मञ्‍चले र्‍याली आयोजना गर्ने जनाएको छ । तर, प्रहरीले भने उक्त क्षेत्रमा र्‍याली निकाल्न प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ८ : १३ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,