अमेजन जंगलको आगो नियन्त्रण बाहिर, ज्यान गुमाउँदै जीव-जनावर | Khabarhub Khabarhub

अमेजन जंगलको आगो नियन्त्रण बाहिर, ज्यान गुमाउँदै जीव-जनावर


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एक साता यता अमेजन जंगलमा आगो दन्किरहेको छ । ब्राजिलले आगो नियन्त्रण प्रयास जारी राखे पनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगलागीले भीषण रुप लिँदा जंगलका जैविक विविधता नष्ट हुँदै गएका छन् । जंगली जनावरु आगोको शिकार बनेका छन् ।

आगो नियन्त्रणका लागि उचित कदम नभएको भन्दै विश्वभरबाट निराशा व्यक्त गरिएको छ । अमेजन जंगलमा आगो लाग्दा विश्व चिन्तित हुनुको मुख्य कारण अक्सिजनको स्रोत नाशिनु हो । अमेजन जंगल पृथ्वीको अक्सिजनको मुख्य स्रोतको रुपमा मानिन्छ । पृथ्वीको कुल अक्सिजनको २० प्रतिशत अक्सिजन अमेजन जंगलबाट आउँछ ।

आगलागीको धुवाँ दुई हजार माईल उचाईसम्म पुगेको वैज्ञानिकहरुले बताएका छन् । अमेजनको आगलागीबाट ब्राजिलका आधा दर्जन राज्य प्रभावित भएका छन् । आगोले जलेर लाखौँ जनावर मरेका छन् ।

अमेजनमा १० लाख प्रजातिका रुख र २० लाख प्रजातिका वन्यजन्तु पाइन्छन् । संसारकै ठूलो जंगल अमेजनमा आगलागी हुँदा वायुमण्डलमा कार्बनडाईअक्साईडको मात्रा पनि थपिएको छ ।

ब्राजिल बाहेक अमेजन जंगल भेनेजुयला, बोलिभिया, कोलम्बिया, पेरु, इक्वेडर, गुयना, सुरिनाम, र फ्रेन्च गुयानासम्म फैलिएको छ । ७० लाख वर्ग किलोमिटरमा फैलिएको अमेजन वन क्षेत्रमा करिब २ सय अर्ब रुख छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १० : ०१ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण