कविता-बा « Khabarhub

कविता-बा



जब मेरो श्रीमतीको काखमा मेरा छोराछोरी लाडियेर मडारिएको देख्छु
मेर्रो आँखा अगाडि त्यो स्वर्ग देखेर म मेरो जीवन र जगत प्रति धन्य हुन्छु
म भित्रको बा आगाडी आउँछ र म छोरालाई आँखा तर्दै भन्छु –
धेरै दुख न दे आमालाई, आज पढ्नु पर्दैन ? म छोरीलाई सोध्छु ।

अगिसम्म दंग छोराछोरी निन्याउरो मुख लगाएर जब आमाबाट पर जान्छन
म मेरो अझ फराकिलो र राम्रो स्वर्गको कल्पना साकार पार्न जुट्छु
मेरी श्रीमती आमा बनिन, अब म बा बन्छु
जब तृप्त हृदयबाट म अतृप्त प्रदर्शन गर्छु
अनि म बा बन्छु, म बा बन्छु ।

दिब्य दियोको शान्त दीपशिखा नै छन् मेरी छोरी
भन्नै सक्दिन यो भन्दा बढी सुन्दरता कस्तो हुन्छ होला ?
आफ्नो त्यो अक्षमता भनौ या घमण्ड लुकाउन छोरीलाई आँखा तर्दै भन्छु –
मुख अलि राम्रोसंग धुन पनि आउँदैन कि के हो?

छोरी चुपचाप मुख पुछ्न थाल्छिन
अनि म छोरीको लागि सुन्दरता भन्दा माथिको सुन्दरता खोज्न जुट्छु
अनि म बा बन्छु म बा बन्छु ।

पुरुषोत्तम राम थिए, पुरुषोत्तम भन्दा उत्तम हुने यो मेरो छोरो छ
मेरो छोरोमा के चै कमि होला भनेर खोज्छु पनि कहिले, तर भेट्दिन
आफ्नो त्यो अक्षमता भनौ या घमण्ड छोप्दै म छोरालाई झपर्छु
त्यत्ति काम पनि राम्रो संग गर्न सक्दैनस कि के हो?

छोरो अलि सतर्क भएर आफुले गर्न लागेको काम तिर फर्कन्छ
अनि म पुरुषोत्तम भन्दा उत्तम मेरो छोरो को भबिश्य सजाउन जुट्छु
अनि म बा बन्छु म बा बन्छु ।

प्रकाशित मिति : १३ भदौ २०७६, शुक्रबार  ११ : ४४ बजे

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल