मन्त्री भट्टराईको निर्देशनपछि पशुपतिको आरती अघि राष्ट्रियगान « Khabarhub

मन्त्री भट्टराईको निर्देशनपछि पशुपतिको आरती अघि राष्ट्रियगान


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दू धर्मावलम्बीको ठूलो धार्मिक स्थल पशुपतिनाथ मन्दिरमा हरेक दिन साँझाको आरतीअघि राष्ट्रिय गान बज्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा साँझमा हुने आरती शुरुहुनु भन्दा अघि अनिवार्यरुपमा राष्ट्रिय गान बजाउने व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका थिए ।

मन्त्री भट्टराईले निर्देशन दिएसँगै कोषले आजबाट नित्य आरति अघि राष्ट्रिय गान शुरु गर्ने तयारी गरेको छ ।

मन्त्री भट्टराईले आरती प्रत्यक्ष प्रसारण गर्न यसअघि नै निर्देशन दिइसकेका छन् ।

पशुपतिमा मन्दिर भित्र परापूर्वकालदेखि विहान र बेलेका आरती हुने गरेको छ भने मन्दिरको बाहिर भक्ति संगीतसहितको आरति हुन गरेको छ ।

यो कार्यक्रमको शुरुवात २०६४ सालदेखि भएको हो । हरेक साँझ ६ बजेपछि पशुपति मन्दिरको पूर्वी भागमा भक्ति संगीतमय हुने गरेको छ । जसमा झुम्ने दर्शनार्थीको भीड पशुपतिमा हुने गरेको छ ।

परिवारका सदस्यहरुको जन्मदिन, मृतात्माको चिर शान्तीको कामना र आयु आरोज्ञको कामना गर्दै नित्य आरतीमा संकल्प गर्नेको संख्या पनि बढ्दै गएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ११ : ५४ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी