सुडान घोटाला प्रकरणका दोषी ठेकेदार शम्भु भारती पक्राउ « Khabarhub

सुडान घोटाला प्रकरणका दोषी ठेकेदार शम्भु भारती पक्राउ


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बहुचर्चित सुडान घोटाला प्रकरणका दोषी ठहर भएका अभियुक्त शम्भु भारती पक्राउ परेका छन् ।

डडेल्धुराको रुपाल घर घइ ललितपुरको भैंसीपाटी बस्दै आएका भारतीलाई शुक्रबार विहान पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले जनाएको छ ।

बहुचर्चित सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतले उनीविरुद्ध १ वर्ष कैद र १४ करोड २० लाख ८ हजार ३ रुपैयाँ बिगो सजाय सुनाएको थियो ।

सर्वोच्चले १७ वैशाख २०७४ मा उनीविरुद्ध फैसला सुनाएपछि भारती भने फरार थिए ।

शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघअन्तर्गत सुडानको डार्फरमा खटिने नेपाली प्रहरीको टोलीका लागि आवश्यक बन्दोबस्तीको सामान खरिदका लागि भारतीले बेलायतको एस्युअर्ड रिस्क कम्पनीको स्थानीय प्रतिनिधिका रुपमा सम्झौता गरेका थिए ।

भारतीले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक (आईजी) ओमबिक्रम राणासँगको मिलेमतोमा सामानको स्पेसिफिकेसन र क्याटलग बिनौ नै सामानको दररेट बनाउन लगाएको सर्वोच्चले ठहर गरेको थियो ।

भारतीले सुडानको डार्फरमा खटिएको प्रहरी टोलीका लागि आवश्यक पर्ने एपीसी लगायतका बन्दोबस्तीका सामग्री खरिद गर्दा कमसल सामग्री उपलब्ध गराएर अनियमितता गरेको भन्दै सर्वोच्चले उनलाई दोषी ठहर गरेको थियो ।

सुडान घोटाला प्रकरणमा नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरु ओमबिक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरी पनि दोषी ठहर भएका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १२ : २२ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग