स्वतन्त्रताका नाममा लोकतन्त्रमाथि ‘धावा’ बोल्ने छुट कसैलाई छैन– मन्त्री बाँस्कोटा | Khabarhub Khabarhub

स्वतन्त्रताका नाममा लोकतन्त्रमाथि ‘धावा’ बोल्ने छुट कसैलाई छैन– मन्त्री बाँस्कोटा


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकतन्त्र लोकतान्त्रिक व्यवस्थाको रक्षाको निम्ति भएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकल प्रसाद बाँस्कोटाले त्यसको समाप्तिको निम्ति कसैलाई छुट दिन नसकिने बताएका छन् ।

राष्ट्रिय सभामा पेश भएको मिडिया काउन्सिल सम्बन्धि विधेयकको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले प्रेस स्वतन्त्रताका नाममा लोकतन्त्रमाथि ‘धावा’ बोल्ने छुट कसैलाई नभएको बताए ।

प्रेस स्वतन्त्रमाथि दुई खालको चुनौती रहेको भन्दै मन्त्री बाँस्कोटाले लोकतन्त्रि गणतन्त्र स्थापित नहोस्, भद्रगोल होस् भन्ने तहबाट गरिने वाह्य आक्रमण र अर्को स्वतन्त्रताको नाममा प्रेसले आफूले आफूलाई नै अनुवन्धित गर्दै लगेको बताए ।

नागरिकले प्रेस प्रति विश्वास गर्ने वातावरण मर्यादा र सिमालाई प्रेस जगतले सोच्नु पर्ने उनको भनाइ छ ।

मिडिया काउन्सिल विधेयकले पत्रकारिता जगतमा स्ववनियमनका लागि भएको उनको भनाइ छ ।

यो क्षेत्रमा स्वनियमन नभएसम्मका लागि मात्र कानूनी नियनम आवश्यक भएको उनको भनाइ थियो ।

यो विधेयक अनुसार छापासहित सबै खाले मिडियाको अनुगम गर्ने अधिकार,दोस्रो स्वसासित हुने कुरा र तेस्रो कारवाहीको प्रकृया बारे रहेको उनले जानकारी दिए ।

उजुरी पछिेपछि मिलापत्र, अनिमात्र स्पष्टिकरण र अनिमात्र आवह्यक क्षतिपूर्तिको व्यवस्था रहेको र यस विषयमा थप छलफल गर्न सकिने उनलेब ताए ।

पूर्ण प्रेस स्वतन्त्रलाई संविधानले पनि छुट नदिएको मन्त्री बाँस्कोटाले बताए । गणतन्त्र, राष्ट्रिय अखण्डता, सार्वभौम सत्ता यस्ता केही विषयलाई संविधानले पनि प्रतिबन्धात्मक व्यवस्था गरेको उनको तर्क थियो ।

स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने तर्फ सरकार नजाने उनको भनाइ थियो ।

‘स्वतन्त्र प्रेसको नियन्त्रण लोकतन्त्रको मुख्य मूल्य पद्दतीमा पर्दैन त्यसैले नियन्त्रण होइन, नियम हो’ उनले भने,‘यो स्ववनियमन र कानूनी नियम हो । स्वनियमनको अवस्था नआउनेजेललाई नियमनको व्यवस्थालाई व्यवस्थित बनाइएको मात्र हो ।’

यसअघि सांसदहरु ठगेन्द्र प्रसाद पुरी, बद्री प्रसाद पाण्डे, कालिबहादुर मल्ला लगायतले स्वतन्त्र प्रेसमाथि अंकुस लागनउ नहुने र पछिल्ला दिनहरुमा देखिएको अराजकताको भने व्यवस्थापन गर्ने गरि कानून बन्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १२ : ४६ बजे

एडीबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस पुग्ने प्रमुख

साताका समाचार : एमालेले छेक्यो विद्या भण्डारीलाई, तराई-मधेशमा चर्को खडेरी र युद्धमा उत्रिए थाइल्याण्ड र कम्बोडिया

पूर्वराष्ट्रपति भण्डारीको चेतावनी : मेरो सदस्यता केही मुठ्ठीभरहरूले रोक्न सक्दैनन्

‘सङ्घीयता बलियो बनाउन सञ्चाकर्मीको भूमिका महत्वपूर्ण’

लेखनाथ– गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले सङ्घीय सरकारले आवश्यक ऐन

पूर्वराष्ट्रपति छाडेर पूर्वउपाध्यक्ष बनिन् विद्या

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो ३ बजेका लागि पत्रकार

धादिङकी पार्वती बनिन् एनसेल करोडपति

काठमाडौं- धादिङको गंगाजमुना गाउँपालिका–६ बांगेपिपल, बसेराकी पार्वती कार्कीले एनसेलको ‘सधैँ