चोरी मुद्दामा डेढ महिनाको जेल सजाय तोकिएका अभियुक्त २६ वर्षपछि पक्राउ « Khabarhub

चोरी मुद्दामा डेढ महिनाको जेल सजाय तोकिएका अभियुक्त २६ वर्षपछि पक्राउ


१३ भदौ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काठमाडौँ जिल्ला अदालतले २०५० जेठ १९ गते नकवजनी चोरी मुद्दामा कैद तथा जरिवाना गर्नुपर्ने फैसला सुनाएपछि फरार रहेका रोशी गाउँपालिका–७ का ५१ वर्षका नीरबहादुर लामालाई २६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका लामालाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । उहाँका अनुसार लामा २६ वर्षदेखि फरारको सूचीमा थिए । उनलाई २ लाख १५ हजार ४७५ जरिवाना र एक महिना १५ दिन कैद सजाय तोकिएको थियो ।

लामालगायत गाली बेइज्जती, बोक्सी आरोप, बहुविवाह, चेक अनादर, सवारी ज्यान, चोरी, जबर्जस्ती करणी, अपहेलना, कुटपिट र जालसाजी मुद्दामा कैद भुक्तान गर्न बाँकी रहेका १८ फरार अभियुक्तलाई यसै हप्ता पक्राउ गरिएको उनले बताए । पक्राउ परेका गाली बेइज्जती मुद्दाका पनौती नगरपालिका–३ का शेषनारायण तिमल्सिना, जयराम तिमल्सिना, जयदेव तिमल्सिना र जोगमाया तिमल्सिनालाई रु १४५ जरिवानाका साथै एक महिना १५ दिन कैद सजाय तोकिएको थियो ।

यस्तै फरार रहेका बोक्सी आरोप मुद्दाका रोशी गाउँपालिका–८ का ३७ वर्षीया सुविना तामाङ, बहुविवाह मुद्दाका नमोबुद्ध नपा–५ का ३१ वर्षीय राम लामा, चेक अनादर मुद्दाका धुलिखेल नपा–७ का ३६ वर्षीय सुनिल लामा, सवारी ज्यान मुद्दाका धुलिखेल नपा–८ का ३४ वर्षीय राजकुमार लामा, चोरी मुद्दाका नमोबुद्ध नपा–५ का ३८ वर्षका जीतबहादुर तामाङ, जबर्जस्ती करणी मुद्दाका नमोबुद्ध नपा–७ का ४० वर्षीय उज्ज्वल खनाल, जालसाजी मुद्दाका पनौती नपा–८ का २५ वर्षीय अमिर केसी र ४८ वर्षीया तुलसा केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काभ्रेपलाञ्चोक प्रहरीले यसै हप्ता जबर्जस्ती करणी अभियोगका मण्डन देउपुर नगरपालिका–१० का ३१ वर्षीय रामबहादुर लामा, अपहेलना मुद्दाका रोशी गाउँपालिका–१ का ५९ वर्षीय बेतमान तामाङ, चोरी मुद्दाका पाँचखाल नपा–८ होक्सेका ३१ वर्षीय कुमार तामाङ तथा कुटपिट मुद्दाका रोशी गाउँपालिका–८ का ४५ वर्षीया सुन्दरी तामाङ र ७० वर्षीया होसिला तामाङलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये अधिकांश विभिन्न मुद्दामा जरिवाना तथा कैद भुक्तान गर्न बाँकी रहेकाले तिनलाई सम्बन्धित जिल्ला अदालत बुझाइएको प्रनाउ गिरीले जानकारी दिए ।

प्रकाशित मिति : १३ भदौ २०७६, शुक्रबार  १२ : ५१ बजे

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई