ठेकेदारले सडक नबनाएपछि गगन थापा बसे धर्ना « Khabarhub

ठेकेदारले सडक नबनाएपछि गगन थापा बसे धर्ना


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद गगन थापासहित काठमाडौँ क्षेत्र नं ४ का स्थानीय जनताले सडक बिभाग को कार्यालयमा धर्ना दिएका छन् ।

ठेक्का लागेको ९ बर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सांसद थापाको नेतृत्वमा स्थानीयले सडक विभागको कार्यालय चाकुपाटमा धर्ना दिएका हुन् ।

काठमाडौं क्षेत्र नम्वर ४ अन्र्तगत कपन र बुढानिलकण्ठ क्षेत्रमा १२ ओटा सडकको ठेक्का लिएको शैलुङ कन्ट्रक्सन लगायतका निर्माण कम्पनि विरुद्ध त्यहाँका स्थानीयले धर्ना दिएका छन् ।

चावहिल कपन लगायत काठमाडैं क्षेत्र नं ४ का सडक लगायतका सडक निर्माणको कार्य गत बैशाखमै म्याद सकिएको छ ।

सडकको काम २० प्रतिशत भन्दा कम मात्रै काम भएको र फेरि पुरानै कम्पनीलाई २ वर्षको म्याद थप गरि ठेक्का दिन लागिएको भन्दै स्थानीयले बिरोध गरेका हुन् ।

नेपाली काग्रेसका सांसद गगन थापाको नेतृत्वमा त्यहाँका उपभोक्ता र स्थानीय सरोकारवालाले सडक निर्माणमा देखिएको ढिलाइ अन्त्य नहुँदा सम्म धर्ना गर्ने चेतावनी दिएका छन् ।

सांसद गगन थापाले आफुहरुको अनुरोधलाई बेवास्ता गरेको सडक बिभाग र मन्त्रालयको बिरुद्ध सडक संघर्षलाई सिंहदरबार भित्र लाने चेतावनी दिए ।

काठमाडौँ क्षेत्र नं ४ भित्र दर्जन बढी सडक निर्माणधीन छन् । अधिकांश सडकको ठेक्का शैलुङ कन्ट्रक्सन कम्पनीले लिएको छ ।

शैलुङ कन्ट्रक्सनले भक्तपुर नगरकोट सडक अलपत्र परेको भन्दै स्थानीय आन्दोलनमा छन् भने संसद्को बिकाश समितिले अनुगमन गरेर निर्माण सम्पन्न गर्न सचेत गराएको छ ।

भने चाबहिल जोरपाटी सडक खण्डको बाँकी काम सम्पन्न गर्न पुन बोलपत्र आह्वान गरिएको छ । यहि निर्माण कम्पनिले कपन क्षेत्रको खानेपानी सम्बन्धी निर्माणको ठेक्का भर्खरै पाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ३ : ५२ बजे

घरजग्गा र सेयरबजारमा गरिने लगानीले अर्थतन्त्रलाई गति दिन सक्दैन : थापा

काठमाडौं– नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले आगामी

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा– ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा

विपद्का घटनामा परी एकैदिन ७ जनाको मृत्यु, २५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा  देशभर विभिन्न प्रकारका विपद्जन्य घटनामा परी

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली– कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच आगामी