ठेकेदारले सडक नबनाएपछि गगन थापा बसे धर्ना « Khabarhub

ठेकेदारले सडक नबनाएपछि गगन थापा बसे धर्ना


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद गगन थापासहित काठमाडौँ क्षेत्र नं ४ का स्थानीय जनताले सडक बिभाग को कार्यालयमा धर्ना दिएका छन् ।

ठेक्का लागेको ९ बर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सांसद थापाको नेतृत्वमा स्थानीयले सडक विभागको कार्यालय चाकुपाटमा धर्ना दिएका हुन् ।

काठमाडौं क्षेत्र नम्वर ४ अन्र्तगत कपन र बुढानिलकण्ठ क्षेत्रमा १२ ओटा सडकको ठेक्का लिएको शैलुङ कन्ट्रक्सन लगायतका निर्माण कम्पनि विरुद्ध त्यहाँका स्थानीयले धर्ना दिएका छन् ।

चावहिल कपन लगायत काठमाडैं क्षेत्र नं ४ का सडक लगायतका सडक निर्माणको कार्य गत बैशाखमै म्याद सकिएको छ ।

सडकको काम २० प्रतिशत भन्दा कम मात्रै काम भएको र फेरि पुरानै कम्पनीलाई २ वर्षको म्याद थप गरि ठेक्का दिन लागिएको भन्दै स्थानीयले बिरोध गरेका हुन् ।

नेपाली काग्रेसका सांसद गगन थापाको नेतृत्वमा त्यहाँका उपभोक्ता र स्थानीय सरोकारवालाले सडक निर्माणमा देखिएको ढिलाइ अन्त्य नहुँदा सम्म धर्ना गर्ने चेतावनी दिएका छन् ।

सांसद गगन थापाले आफुहरुको अनुरोधलाई बेवास्ता गरेको सडक बिभाग र मन्त्रालयको बिरुद्ध सडक संघर्षलाई सिंहदरबार भित्र लाने चेतावनी दिए ।

काठमाडौँ क्षेत्र नं ४ भित्र दर्जन बढी सडक निर्माणधीन छन् । अधिकांश सडकको ठेक्का शैलुङ कन्ट्रक्सन कम्पनीले लिएको छ ।

शैलुङ कन्ट्रक्सनले भक्तपुर नगरकोट सडक अलपत्र परेको भन्दै स्थानीय आन्दोलनमा छन् भने संसद्को बिकाश समितिले अनुगमन गरेर निर्माण सम्पन्न गर्न सचेत गराएको छ ।

भने चाबहिल जोरपाटी सडक खण्डको बाँकी काम सम्पन्न गर्न पुन बोलपत्र आह्वान गरिएको छ । यहि निर्माण कम्पनिले कपन क्षेत्रको खानेपानी सम्बन्धी निर्माणको ठेक्का भर्खरै पाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ३ : ५२ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको