प्रचण्डले जारी गरेको नेकपा अन्तरपार्टी निर्देशनमा के छ ? | Khabarhub Khabarhub

प्रचण्डले जारी गरेको नेकपा अन्तरपार्टी निर्देशनमा के छ ?


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले पार्टी एकतापछि दोस्रो पटक अन्तरपार्टी निर्देशन जारी गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार अन्तरपार्टी निर्देशन जारी गरेका हुन् ।

यसअघि पार्टी एकता भएको केही दिन अर्थात् २०७५ साल जेठ १६ गते अन्तरपार्टी निर्देशन जारी भएको थियो ।

केपी ओलीको अध्यक्षतामा र प्रचण्डको अध्यक्षतामा बसेको यसअघि बसेका दुई सचिवालय बैठकका निर्णयहरुका आधारमा यस्तो निर्देशन जारी भएको छ ।

शुक्रवार निर्देशन जारी गर्दै प्रचण्डले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आयोजना गर्ने उल्लेख गरेका छन् ।

उनले अब पार्टीले विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएका छन् ।

प्रचण्डले जारी गरेको निर्देशनमा भनिएको छ,‘पार्टीले समस्त नेता कार्यकर्ता एवं सदस्यहरुलाई जनतासँग जोड्न र आम रुपमा सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानमा जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ ।’

दुई पार्टी बीचको एकतालाई तीन महिनामा पूरा गर्ने भनिएको भएपनि राष्ट्रिय राजनीतिका कारण तोकिएको समयमा नभएको प्रचण्डको भनाइ छ । तर सहमति र समझदारीका साथ एकता–एकीकरणको काम अघि बढेको र अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

प्रचण्डले एकीकरणको बाँकी कामहरु छिट्टै सम्पन्न गर्ने जनाएका छन् ।

अन्तरपार्टी निर्देशनमा अध्यक्ष र महासचिवको जिम्मेवारी निर्देशन गरिएको छ भने वरिष्ठ नेताको मर्यादाक्रम र केन्द्रीय कमिटीमा उपाध्यक्षको व्यवस्था गरिएको बारे जानकारी गराइएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ४ : १७ बजे

दाउन्ने–दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

नवलपरासी– बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास क्षेत्रको वैकल्पिक

‘सङ्घ र प्रदेश सरकारको बजेटले पञ्चायतको झल्को दिएको छ’

काठमाडौँ – गएको जेठ १५ गते सङ्घीय सरकार र असार

वीरगञ्ज नाकाबाट ५९ हजार बढी इन्धन सवारी भित्रिए

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १५

‘कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी’

बागलुङ– बागलुङको जैमिनी नगरपालकाले तीन वर्षदेखि चर्चामा सीमित भएको बाँदर

रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु

रुकुमपश्चिम– रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।