प्रचण्डले जारी गरेको नेकपा अन्तरपार्टी निर्देशनमा के छ ? « Khabarhub

प्रचण्डले जारी गरेको नेकपा अन्तरपार्टी निर्देशनमा के छ ?


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले पार्टी एकतापछि दोस्रो पटक अन्तरपार्टी निर्देशन जारी गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार अन्तरपार्टी निर्देशन जारी गरेका हुन् ।

यसअघि पार्टी एकता भएको केही दिन अर्थात् २०७५ साल जेठ १६ गते अन्तरपार्टी निर्देशन जारी भएको थियो ।

केपी ओलीको अध्यक्षतामा र प्रचण्डको अध्यक्षतामा बसेको यसअघि बसेका दुई सचिवालय बैठकका निर्णयहरुका आधारमा यस्तो निर्देशन जारी भएको छ ।

शुक्रवार निर्देशन जारी गर्दै प्रचण्डले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आयोजना गर्ने उल्लेख गरेका छन् ।

उनले अब पार्टीले विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएका छन् ।

प्रचण्डले जारी गरेको निर्देशनमा भनिएको छ,‘पार्टीले समस्त नेता कार्यकर्ता एवं सदस्यहरुलाई जनतासँग जोड्न र आम रुपमा सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानमा जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ ।’

दुई पार्टी बीचको एकतालाई तीन महिनामा पूरा गर्ने भनिएको भएपनि राष्ट्रिय राजनीतिका कारण तोकिएको समयमा नभएको प्रचण्डको भनाइ छ । तर सहमति र समझदारीका साथ एकता–एकीकरणको काम अघि बढेको र अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

प्रचण्डले एकीकरणको बाँकी कामहरु छिट्टै सम्पन्न गर्ने जनाएका छन् ।

अन्तरपार्टी निर्देशनमा अध्यक्ष र महासचिवको जिम्मेवारी निर्देशन गरिएको छ भने वरिष्ठ नेताको मर्यादाक्रम र केन्द्रीय कमिटीमा उपाध्यक्षको व्यवस्था गरिएको बारे जानकारी गराइएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ४ : १७ बजे

‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले

‘सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता’

काठमाडौं– नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ

विश्वकपमा गुलाबीको बुटको फेसन

काठमाडौं – जारी फिफा विश्वकप एउटा नयाँ ट्रेन्डले चर्चा पाएको

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी