प्रचण्डले जारी गरेको नेकपा अन्तरपार्टी निर्देशनमा के छ ? | Khabarhub Khabarhub

प्रचण्डले जारी गरेको नेकपा अन्तरपार्टी निर्देशनमा के छ ?


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले पार्टी एकतापछि दोस्रो पटक अन्तरपार्टी निर्देशन जारी गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार अन्तरपार्टी निर्देशन जारी गरेका हुन् ।

यसअघि पार्टी एकता भएको केही दिन अर्थात् २०७५ साल जेठ १६ गते अन्तरपार्टी निर्देशन जारी भएको थियो ।

केपी ओलीको अध्यक्षतामा र प्रचण्डको अध्यक्षतामा बसेको यसअघि बसेका दुई सचिवालय बैठकका निर्णयहरुका आधारमा यस्तो निर्देशन जारी भएको छ ।

शुक्रवार निर्देशन जारी गर्दै प्रचण्डले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आयोजना गर्ने उल्लेख गरेका छन् ।

उनले अब पार्टीले विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएका छन् ।

प्रचण्डले जारी गरेको निर्देशनमा भनिएको छ,‘पार्टीले समस्त नेता कार्यकर्ता एवं सदस्यहरुलाई जनतासँग जोड्न र आम रुपमा सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानमा जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ ।’

दुई पार्टी बीचको एकतालाई तीन महिनामा पूरा गर्ने भनिएको भएपनि राष्ट्रिय राजनीतिका कारण तोकिएको समयमा नभएको प्रचण्डको भनाइ छ । तर सहमति र समझदारीका साथ एकता–एकीकरणको काम अघि बढेको र अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

प्रचण्डले एकीकरणको बाँकी कामहरु छिट्टै सम्पन्न गर्ने जनाएका छन् ।

अन्तरपार्टी निर्देशनमा अध्यक्ष र महासचिवको जिम्मेवारी निर्देशन गरिएको छ भने वरिष्ठ नेताको मर्यादाक्रम र केन्द्रीय कमिटीमा उपाध्यक्षको व्यवस्था गरिएको बारे जानकारी गराइएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ४ : १७ बजे

विनियोजन विधेयक प्रस्तावको पक्षमा मतदान गर्न एमालेद्वारा ह्वीप जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विनियोजन विधेयक, २०८२-८३ को

सङ्खुवासभामा ५० शय्याको अस्पताल सञ्चालन

 किमाथांका– सङ्खुवासभामा ५० शय्याको जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण

ऊर्जामन्त्रीले भने- आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्छौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जलविद्युत तथा

एकताको फिल्म ‘हर्ष’ स्व निर्देशक शिव रेग्मीप्रति समर्पित, मंसिर १२ बाट प्रदर्शनमा आउने

काठमाडौं – एकता पौडेलको डेब्यू निर्देशन रहेने फिल्म ‘हर्ष’को प्रदर्शन

एकल महिलाको हितमा योजनाबद्ध काम गरेका छौँ : चिरीबाबु महर्जन

पाटन– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले एकल महिलाको हितमा ध्यान